गोलभेँडाको उचित मूल्य नपाउदा किसान निरास
वीरगन्ज - व्यावसायिक रुपमा गोलभँेडा खेती गरेर खुसी भएका किसान यसको उचित मूल्य नपाउदा निरास भएका छन् ।
गत वर्षको तुलनामा स्थानीय बजारमा गोलभेडाको मूल्य घटेको छ । घट्दो मूल्यका कारण किसान सस्तोमा गोलभेडा बेच्न बाध्य भएका छन् ।
यतिखेर स्थानीय बजारमा गोलभेडाको प्रतिकिलो खुद्रा मूल्य २० रुपैयाँदेखि २५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यसै अवधिमा प्रतिकिलो खुद्रा बजार मूल्य २५ रुपैयाँदेखि ४० रुपैयाँ रहेको थियो ।
गत वर्ष पाँच कट्ठामा खेती गरेर राम्रो आम्दानी हात पारेपछि गोलभेँडाप्रति आकर्षित भएका बारा फेटाका किसान रमेश साहले यसवर्ष क्षेत्रफल बढाएका छन् ।
यसवर्ष उनले १० कट्ठामा व्यावसायिक रुपमा गोलभँेडा खेती गरेका छन् । अघिल्लो वर्षको तुल्नामा यो वर्ष लागत अनुसारको मूल्य नपाउदा उनीहरू निराश भएका छन् ।
गतवर्ष खेतमै पुगेर व्यवसायीले प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य दिएका थिए, तर यो वर्ष १० रुपैयाँदेखि १५ रुपैयाँभन्दा बढी मूल्य पाएको छैन्, किसान साह भन्छन् – ‘‘बजारसम्म पु¥याउने खर्च नउठ्ने अवस्था भएपछि बोटमै छाडेको वा खेतमै सस्तोमा बेच्न बाध्य भएका छौंँ । ’’
पाउने मूल्य भन्दा टिप्ने र बजार पु¥याउने खर्च नै बढी हुन्छ, पर्सा बेल्वाका किसान अनिरुद्ध दहैत भन्छन्– ‘‘सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताले व्यावसायिक गोलभेँडा खेती सुरु गरेका किसान मर्माहत भएका छन् ।’’
गोलभेँडा नटिपौँं पाकेर खेर जान्छ, उहा“ले भन्नुभयो, “टिपाँैं त मजदुर र बजारसम्म पु¥याउन लाग्ने ढुवानी खर्च पनि यसबाट उठाउन सक्ने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण