संचारगृहमा आक्रमण गर्ने दुई जना पक्राउ
वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले संचार गृहमा आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगन्जको श्रीपुरमा रहेको नारायणी एफ.एममा लुटपाट गर्न छिरेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत फागुन ९ गते राती १ बजको समयमा एफ.एममा प्रवेश गरी एफ.एमका सुरक्षा गार्ड बृजमोन यादवमाथि धारिलो हतियार प्रहार गरी लुटपाट गर्न खोजने वीरगन्ज उपमहानगरपालिका वाड नम्बर १४ रानीघाट निवासी बलबहादुर थापा र श्यामबाबु साहलाई एक थान धारिलो हतियार र तीन थान मोबाई सहित प्रहरीले नियन्त्रणमा लिई सर्वजनिक गरेको छ । वीरगन्जको बजार छपकैयाबाट प्रहरीले भन्सार छली भित्र्याएको पाँच लाख रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको छ । बरामद गरिएको कपडा अवास्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण