मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जब दिपकले नै नविनालाई माला लगाइदिए ... (फोटोसहित)

मङ्गलबार, ११ फागुन २०७२, १७ : ५९
मङ्गलबार, ११ फागुन २०७२
काठमाडौं–विद्यार्थी संगठनहरुबीच सधैँ लडाईं झगडा अनि नेतृत्वको हानथाप । चरम राजनीतिका कारण विद्यार्थी संगठनहरुबीच एकले अर्काको प्रसंशा त कुरै छाडौं बेला–बेलामा एउटै संगठनका विद्यार्थी नेताबिच बोलचाल समेत बन्द हुने अवस्था छ । तर, राजधानीको भृकुटीमण्डपमा मंगलबार अपरान्ह भने फरक दृश्य देखियो । विद्यार्थी नेता दिपक गौतम अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामालाई माला लगाई अँगालोमा बाँधे, अनि बधाई दिएर हात समेत मिलाए । दिपकले नविनालाई औपचारिकता पूरा गर्न बधाई मात्रै दिएनन् । आफ्नो सम्बोधनका क्रममा उनले अब अनेरास्ववियुमा गुटबन्दी अन्त्य भएको घोषणा समेत गरे भने नविनाले निर्वाचनमा पराजित पदाधिकारीहरुलाई मिलाएर लैजाने उद्घोष गरिन् । अनेरास्ववियुको २२ औं अधिवेशनका क्रममा नयाँ नेतृत्व छान्ने प्रक्रियामा विद्यार्थी नेतृ नविना लामा र माधव नेपाल पक्ष दिपक गौतम प्यानल नै बनाएर अन्ततः चुनावको मैदानमा होमिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप