बसको ठक्करबाट सहचालकको मृत्यु, २ राउण्ड हवाई फायर
सल्यान – सल्यान बरलामा बसले ठक्कर दिदाँ मंगलबार दिउँसो एक जनाको ज्यान गएको छ । गाडी इन्ट्री गरेर फर्किदै गर्दा अर्को गाडीको ठक्करबाट सहचालक थारमारे–१ मालझुङका १८ वर्षीय गोविन्द बस्नेतलाई ठक्कर दिएको हो । राप्ती राजमार्ग अन्र्तगत शारदा नगरपालिका वडा नम्बर–६ बरला बजारमा रुकुमको सल्लेबाट तुलसिपुरका लागि छुटेको रा१ख ७३८ नम्बरको बसले रुकुम चौरजहारीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख ८७६ नम्बरको बसका सहचालक बस्नेतलाई ठक्कर दिएको हो ।
रुकुम सल्लेबाट दाङ तुलसीपुरका छुटेको बसले रङ साइडबाट ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको अस्थाई प्रहरी चौकी बरलाका प्रमुख मोहन चन्दले जानकारी दिए ।
घटनापछि स्थानीयवासिहरुले राप्ती राजमार्गको वरला खण्डमा यातायात अवरुद्ध पार्नुका साथै ठक्कर दिने गाडी तोडफोड गरेका छन् । उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका स्थानीयहरुलाई हटाउन प्रहरीले २ राउण्ड हवाई फायर गरेके छ । स्थिति नियन्त्रण बाहिर गएकाले हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण