मोर्चाद्वारा एकहप्ते विरोधको कार्यक्रम सार्वजनिक (तालिकासहित)
जलेश्वर–आफ्ना कार्यकर्ताहरुलाई झुठो मुद्दा लगाएर फसाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार एकहप्ते विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु साहको अध्यक्षतामा बसेको मोर्चाको बैठकले फागुन १३ गतेदेखि निरन्तर रुपमा विरोधको कार्यक्रम गरिने जनाएको छ । मधेश आन्दोलनको क्रममा भदौ २५ गते सशस्त्र प्रहरीका असई थमनवहादुर विश्वकर्मालाई कुटीकुटी हत्या गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । उनको हत्यामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका वडा नं.–३ बस्ने संजयकुमार साह, जलेश्वर नपा–२ बस्ने प्रदिप साह माझी तथा परिकौली फुल्हटा–३ का मोहन ठाकुरलाई पक्राउ गरी कर्तव्य ज्यान तथा एम्बुलेन्समा आगजनी घटनामा मुद्दा चलाइसकेको छ । मोर्चाले फागुन १३ गते बिहीबारदेखि २० गतेसम्मको एकहप्ते विरोधको कार्यक्रम मोर्चासम्बद्ध विभिन्न पार्टीको संयोजकत्वमा निकाल्ने निर्णय गरेको हो । जसअनुसार फागुन १३ गते संघीय समाजवादी फोरम नेपाल, १४ गते सदभावना पार्टी, १६ गते फोरम गणतान्त्रिक, १७ गते तराई मधेश सदभावना पार्टी, १८ गते राष्ट्रिय मधेश समाजवादी पार्टी, १९ गते नेपाल सदभावना पार्टी, २० गते तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा दिउँसो १ बजे जुलुस प्रर्दशन गरिने मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मोर्चाले हामी वात्र्तामा रहेको क्रममै प्रहरीले जानाजानी कार्यकर्ताहरुलाई फसाउने गरेको भन्दै पक्राउ गरेकाहरुलाई निशर्त रिहाईको माग गरेको छ । मोर्चाले पक्राउ परेका कार्यकर्ताहरुलाई रिहा गर्न दुई दिन अगाडी मात्रै सदरमुकाम जलेश्वरमा विशाल जुलुस प्रर्दशन समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण