मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बसको कन्डक्टरद्वारा पाँच किलो चसेर बरामद

मङ्गलबार, ११ फागुन २०७२, १८ : १३
मङ्गलबार, ११ फागुन २०७२

रौतहट–रौतहटको चन्द्रनिगाहपुरस्थित एउटा यात्रुवाहक बसमा पाँच किलो अवैध लागुऔषध चरेस बरामद भएको छ । नारायणघाटबाट लालबन्दीतर्फ गइरहेको ना३ख २०३३ नम्बरको बसमा बसका चालक दलले उक्त परिमाणको बेवारीसे चरेस बरामद गरेको हो । निजगढमा बसबाट झरेका एकजना अपरिचित यात्रुले लमाहा नजिक आई बसमा आफ्नो झोला छुटेको भनि माग गरेका थिए । बसका कन्डक्टरले झोला भित्र के–के छ देखाउ भनि अडान गर्दा उक्त अपरिचित व्यक्ति झोला छोडेर भागेको प्रहरीले जनाएको छ । पछि चेकजाँच गर्दा बरामद चरेस बसका चालक दलले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका थिए । बरामद चरेस नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डिएसपी मनोज यादवले बताएका छन् । बरामद चरेसको बजारमुल्य १० लाख भन्दा बढी हुने प्रहरीको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप