मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राट्रपति रनिङसिल आजबाट

मङ्गलबार, ११ फागुन २०७२, १८ : ४६
मङ्गलबार, ११ फागुन २०७२

सिन्धुली–राष्ट्रपति रनिङनसिल प्रतियोगिता आजबाट सिन्धुलीमाढीमा सुरु भएको छ । सातौं जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल प्रतियोगिता उद्घाटन कार्यक्रम खेलकुद विकास समिति सिन्धुलीको अध्यक्ष सुर्य पाख्रिनको अध्यक्षता तथा जिल्ला न्यायधि भोलानाथ चौलागाइको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रतियोगितामा सिन्धुलीको तीन ओटा निर्वाचन क्षेत्रका करिब २० ओटा विद्यालयका प्रतियोगि खेलाडीको उपस्थित रहेको खेलकुद विकास समिति सिन्धुलीको अध्यक्ष सुर्य पाख्रिनले जाकानरी दिए । खेलाडीहरुलाई सम्बन्धित विद्यालयले नै खाने वस्नेको व्यावस्था गर्नु पर्ने अयोजकले जनाएको छ । हाईजम्प, लङजम्प, त्रीपल जम्प, ज्यावलिङ थ्रो, सट फुड, दौड, भलिवल, कबडड्ी खेल हुने जिल्ला खेलकुद बिकास समिती सिन्धुलीका सचिब खेमशंकर अधिकारीले जानकारी दिए । प्रतियोगिता १४ गते सम्म चल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप