मनाङलाई हराउँदै प्रहरी सेमिफाइनलमा
विराटनगर– विभाग्य टिम लक्ष्मी हुन्डाई मनाङ मस्याङर्दी क्लबलाई हराउँदै नेपाल प्रहरी विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज भएको क्वार्टरफाइनल खेलमा मनाङलाई टाइबे्रक्ररमा ३–२ गोलको अन्तरले पराजित गर्दै नेपाल प्रहरीले सेमिफाइनलको यात्रा पक्का गरेको हो । प्रहरीले जितसँगै सेमिफाइनलमा आयोजक मोरङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । निकै रोमान्चित भएको खेलको प्रहरीका विनोद कार्कीले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । रवीन श्रेष्ठ प्रहार गरेको फ्रि किक कार्कीले डिबक्सभित्रबाट प्रहार गरेको गोलले जाली चुमेको थियो । कार्की दिनेश गुरुङको ठाउँमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफदेखि प्रहरीले दवावमा राखेको थियो । खेलको ८६ औँ मिनेटमा प्रहरीको खेलाडीको डिबक्सभित्र हेन्ड भएपछि मनाङले पेलान्टी पाएको थियो । पेलान्टीमा मनाङका सुजल श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याएका थिए । निर्धारीत समयसम्म १/१ गोलको बराबरीभएपछि २० मिनेटको अत्तिरीक्त समय थप गरीएको थियो । थप गरिएको समयमा दुवै टिमले गोल गर्न सकेनन । दुवै टिमले पाएको गोल गर्ने अवसर खेर पालेका थिए । थप गरिएको समयसम्म समेत गोल नभएपछि खेल टाइब्रेक्रर भएको थियो । टाइव्रेक्ररमा प्रहरीका तर्फबाट कप्तान जुमानु राई, भरत साह र हेम तामाङले गोल गरेका थिए । प्रहरीका झोला सिलवालले बल बाहिर प्रहार गरे भने सुमन सुवेदीले प्रहार गरेको बल मनाङका गोल रक्षक किरण चेम्जुङ्गले सेभ गरीदिएका थिए । मनाङका तर्फबाट सुजल श्रेष्ठ र अफ्रिक खेलाडी मुसाहाले मात्र गोल गरेका थिए । मनाङका कप्तान अनिल गुरुङ र सिकोले प्रहार गरेको गोल प्रहरीका गोल रक्षक रोसन खड्काले सानदार सेभ गरीदिएका थिए । मनाङका लागि प्रहरीका गोल रक्षक बाधक बने । मनाङका निवास श्रष्ठले गोल बाहिर प्रहार गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच प्रहरीका गोल रक्षक रोसन खड्का घोषित भए । प्रतियोगिताको भोलीको पहिलो सेमिफाइनल सशस्त्र प्रहरी बल काठमाण्डौ र झापा ११ बिच हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण