बर्दिबासमा न्यायाधीशले यसरी गरेका थिए महिलालाई यौन दुव्र्यवहार
बर्दिबास–जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बास्तोला बर्दिबासको सार्वजनिक स्थलमा एक महिलालाई यौन दुव्र्यवहार गरेर आफूलाई सैतान भएको सावित गरेको बर्दिबासका महिला अधिकारकर्मीहरुले बताएका छन् । पीडितलाई न्याय दिलाउने न्यायाधीश नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेको खबर देशभरी फैलिएको छ । रक्सी खाएको उन्मातमा पीडितलाई न्याय दिलाउने न्यायाधीश बास्तोला यौन दुव्र्यवहारको आरोपमा आइतबार पक्राउ परेका थिए । पक्राउ परेका न्यायधीश बास्तोला पीडित महिलासँग दश औँला जोडर माफि मागेपछि हिरासत मुक्त भएका छन् । बास्तोला जिल्ला अदालत महोत्तरीका अतिरिक्त न्यायाधीश हुन् ।
बास्तोलाले दिउँसै मादक पदार्थ सेवन गरेका थिए कानुनको रखवला न्यायाधीश बास्तोला आइतबार दिउँसो २ बजे साथीभाइसँग महोत्तरीको बर्दिबासस्थित एक होटलमा बसेर मादक पदार्थ सेवन गरेका थिए । न्यायाधीश बास्तोला दिउँसै मादक पदार्थ सेवन गरेर लठ्ठिएका थिए । होटलमा एक सहकारी संस्थाकी महिला दैनिक किस्ता रकम उठाउन गएकी थिइन् । त्यो समयमा ती महिलालाई न्यायाधीश बास्तोलाले ‘ए काली आउ, रमाइलो गरौं’ भन्ने कुरा भन्दै यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई आइतबार ३ बजेतिर नियन्त्रणमा लिएको हो ।
दश औंला जोडेर न्यायाधीश बास्तोलाले माफी मागे प्रहरीले आइतबार ३ बजे पक्राउ गरेका न्यायाधीश बास्तोलालाई राति १० बजे इलाका प्रहरी कार्यालय बर्दिबासमा पीडित महिला र स्थानीय बासिन्दासँग हात जोडेर माफी मगाएको थियो । माफी मागेपछि घटना साम्य भएको खबर बाहिर आएपनि बास्तोलाले लागुपदार्थ सेवन गरी यौन दुव्र्यवहार गरेको पीडित महिलाले बताएपछि न्यायाधीश बास्तोलालाई सर्वसाधारण र पीडित पक्षका आफन्तहरुले नियन्त्रणमा लिएका थिए । कानुनी कारवाहीका लागि प्रहरीलाई तत्कालै जिम्मा लगाएका थिए ।
प्रहरीले न्यायाधीश भगाए कानुनी कारवाहीको लागि जिम्मा लिएका प्रशासनले नै कारवाहीको साटो पक्राउ परेको ७ घण्टापछि न्यायाधीशलाई पीडितसँग माफि मगाएर उनलाई प्रहरी हिरासतबाट भगाउन सफल भएका एक स्रोतले जनाएको छ ।
लुकेका न्याधीशलाई कालर समातेर प्रहरीलाई जिम्मा दैनिक किस्ता उठाउन होटलको काउन्टरबाट बाहिरिदैं गर्दा अपरिचित व्यक्तिले अभद्र शब्द बोल्दै दुव्र्यवहार गरेपछि महिला चिच्याएर गुहार मागेकी थिइन् । हल्लाखल्ला भएपछि न्यायाधीश बास्तोला होटलबाट भाग्ने कोसिस गरेका थिए । तल पार्किङ गरिएको बा ११ च ५८९४ नम्बरको कार चढ्न जाने प्रयास समेत गरेका प्रत्यक्षदर्शीले बताएका छन् । आफुलाई बचाउ गर्न न्यायाधीश बास्तोला होटलको छेउमै रहेको एक सहकारीको सेवाग्राही बस्ने स्थानमा बसे जस्तो गरेर लुकेका थिए । न्यायाधीशलाई खोज्दैं जादा लुकेको स्थानबाट पीडितका आफन्तले कालर समातेर उनलाई प्रहरीको भ्यानमा तानेर लगेका थिए । यता, होटलमा रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने व्यक्ति न्यायाधीश हो भन्ने कुरा कसैलाई थाहा थिएन । प्रहरीले न्यायाधीशलाई प्रहरी भ्यानमा राखेर इलाका प्रहरी कार्यालय बर्दिबासमा लैजादाँसम्म पनि बास्तोला न्यायाधीश भएको सुइको समेत पाउन सकेका थिएनन् । प्रहरीले उनीसँग बयान लिने क्रममा जिल्ला न्यायाधीश भएको खुलासा भएको हो ।
कानुनको रखवालालाई छुटाउन फोनका फोन जब दुव्र्यवहार गर्ने व्यक्ति कानुनको रखवाला भएको बाहिर आएपछि घटना अर्कोतर्पm मोडियो । त्यसपश्चात प्रहरीले न्यायाधीशलाई बचाउनको लागि विभिन्न व्यक्तिलाई फोन गर्न थालेको स्रोतले बताएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले न्यायाधीश पक्राउको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराइलाई गरायो । इलाकाले जिल्लालाई घटनाको जानकारी गराए लगत्तै करीब डेढ घण्टा नबित्दै जिप्रका महोत्तरीका एसपी जनक भट्टराई आफैँ घटनास्थल बर्दिवास आइपुगेका थिए । उनी त्यहाँ पुगेपछि घटनाले अर्कै मोड लियो ।
रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? यौन दुव्र्यवहारको घटनाको आरोपमा पक्राउ परेका व्यक्ति उपर मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालाई रहेपनि घटनालाई सामसुम पार्ने प्रयासस्वरुप एसपी भट्टराईले दुवै पक्षबीच वार्ता गराउने कार्यको भूमिका निर्वाह गरे । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ भन्ने कुराको दृश्य न्यायाधीश बास्तोलाको यो घटनाबाट प्रष्ट भएको महिला अधिकारकर्मीहरुले बताएका छन् । उनले पीडित पक्षलाई ‘मेलमिलाप नगरे त्यसपछि उत्पन्न परिणामको जिम्मेवार आफैँ हुने’ चेतावनी दिएको त्यहाँ उपस्थित व्यक्तिहरुले बताएका छन् ।
पीडितको उजुरी लेख्न कसैले मानेनन् पीडकलाई कारवाहीको लागि बर्दिबासका वकिलहरुलाई उजुरी लेखिदिन पीडित पक्षले आग्रह गर्दा पनि कुनै वकिलले न्यायाधीशको कारवाहीको लागि उजुरी लेख्न नमानेको पीडित पक्षको भनाइ छ ।
पत्रकारलाई जब निषेध गरियो दिउँसो साढे तीन बजे पक्राउ परेका न्यायाधीश बास्तोला र पीडित महिला पक्षबीच मिलापत्र गराउने प्रयास राति १० बजेसम्म जारी रह्यो । यसैबीच, मिलापत्र गराउने कार्य भइरहँदा घटनास्थल पुगेका सञ्चारकर्मीलाई प्रहरीले रोक लगाएको थियो । न्यायाधीश बास्तोलाले पीडित महिलासँग हात जोडेर माफी मागेको दृश्यको फोटो लिन पुगेका पत्रकारलाई प्रहरीले माथिको निर्देशन भन्दै प्रवेश निषेध गरेको संचारकर्मीहरुले बताएका छन् ।
घटना छुकाउन प्रहरीको उर्दी स्थानीय प्रशासनले यस विषयमा अहिलेसम्म पनि केही खुलाको छैन् । इलाका प्रहरी कार्यालय बर्दिबास र जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि यस घटनामा अहिलेसम्म केही बताएका छैनन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले न्यायाधीश बास्तोला पक्राउ परेदेखि नै पत्रकारको फोन उठाएनन् । डिएसपी शर्माको नम्बरमा फोन गर्दा प्रहरी निरीक्षक जीवन गिरीले फोन उठाउने र यस विषयमा जिल्लामै बुझ्न आग्रह गर्दै आएका थिए । घटनाको सूचना कतै नदिन जिल्ला प्रहरी कार्यालयले मातहातका निकायलाई निर्देशन दिएको प्रहरी श्रोतले जनाएको छ । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईलाई फोन गर्दा उनले यस विषयमा आफूलाई केही जानकारी नभएको र पछि बुझेर जवाफ दिने बताएर पन्छिएका थिए । यसअघि जिल्ला प्रहरी कार्यालय महोत्तरीले महोत्तरीका सबै संचारकर्मीहरुको इमेलमा जिल्लामा कुनै घटना घटे त्यसको जानकारी पठाउँदै आएका थिए । तर, न्यायाधिश पक्राउ परेको विषयमा खबर त के पठाउनु यस सम्बन्धमा बोल्न पनि चाहेका छैनन् । घटनाबारेमा सम्पर्क गर्न खोज्दा न्यायाधीश बास्तोला सम्पर्कमा आउन चाहेनन् ।
हदैसम्मको कारवाही हुनुपर्छ बर्दिबासकी महिला अधिकारकर्मी सारदा थापाले आरोपीत न्यायाधीश बास्तोलालाई अरु भन्दा दोब्बर कारवाहीको माग गरेकी छन् । एउटा न्यायाधीशको हरकतले न्यायालय बदनाम भएको भन्दै महिला अधिकारकर्मीहरुले न्यायाधिश बास्तोलालाई कारवाहीको माग गरेका छन् । न्याय दिलाउने न्यायाधीश नै महिलालाई दुव्र्यवहार गरेपनि कारवाही गरिनुको सट्टा प्रहरी प्रशासनले माफी मगाएर घटना सामय पार्नु आफंैमा गम्भिर कुरा भएको प्रतिक्रिया दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण