'मिनी आईपिओ' मा जान सगुनलाई स्विकृती
मङ्गलबार, ११ फागुन २०७२, १९ : ३९
सगुन २.१ संस्करणः मोबाईलदेखि डेक्सटप कम्पयुटरसम्मको पुर्ण अनुभुती
काठमाडौं–सगुन इन्कले शुरुवात गरेको सोसल कमर्श साइट सगुन डटकमको परिस्कृत भर्सन सगुन २.१ फेब्रुअरी २३, २०१६ बाट शुरुवात भएको छ। सगुन २.१ डेस्कटप र मोबाइल वेव भर्सनमा उपलव्ध छ। सगुनको २.१ मोवाइल वेभ भर्सन स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सहज हुनेछ।
परिस्कृत डेस्कटप र मोबाइल वेभ भर्सनमा अहिले भएको भन्दा केहि नयाँ र थप सुविधा थपिएको छ। डेस्कटप भर्सन र मोबाइल वेभ भर्सन प्रयोगकर्ताहरुको सहज प्रयोगलाई ध्यानमा दिएर तयार गरिएको छ।
सगुन डटकमका संस्थापक गोविन्द गिरीले परिस्कृत डेस्कटप भर्सन र मोबाइल वेभ भर्सन सगुन प्रयोगकर्ताहरुकै सुझाव र प्रतिक्रियापछि तयार पारिएको उल्लेख गर्दै भन्नुभयो “ प्रयोगकर्ताहरुको सल्लाह, सुझाव एवं प्रतिक्रियाका आधारमा सगुन टीमले उत्कृष्ट मोबाइल वेब बनाउन सक्षम भएको छ।”
सगुन डटकमको परिस्कृत भर्सन सगुन २.१ सार्वजनिक गर्दै गिरीले भन्नुभयो “ केहि नयाँ विशेषताहरु सहित सगुन २.१ ल्याएका छौ। अब डेस्कटप र मोबाइलबाट प्रयोगकर्तालाई सगुन चलाउन सजिलो हुनेछ।”
गिरीले सगुन भर्सन २.१ विश्वभरका प्रयोगकर्ताले फेब्रुअरी २३, २०१६ बाट चलाउन सक्ने बताउनुभयो। सगुनको मोवाइल एप्प पनि चाँडै सार्वजनिक हुने गिरीले जानकारी दिनुभयो।
यसैबीच सगुनले 'मिनी आईपिओ' मा जान स्विकृती पाएको छ। सगुन भर्सन २.१ सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका गिरीले भन्नुभयो, सगुनलाई नयाँ चरणमा लैजान 'मिनी आईपीओ' मा जाने प्रयास स्वरुप अमेरिकी निकायले प्रमाणपत्र प्रदान गरेको हो।'
सगुन २.० मा रहेका दिनहुँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्ने माई डे, आफ्नो मुड सेट गर्ने र कुराकानी गर्ने मुड टक र आफ्नो खुल्ला तथा गोप्य कुरा राख्ने ओपन सेक्रेट लगायतका विशेषताहरुमा केहि नयाँ विशेषताहरु थपिएका छन्। सगुन डटकमको परिस्कृत भर्सन सगुन २.१ मा थपिएका बिशेषताहरु यस प्रकार रहेका छनः
पुराना कतिपय कमिकमजोरी र गल्ति हटाइएको छ। पहिलाको भन्दा छिटो खुल्छ र छिटो प्रक्रिया पुरा हुन्छ।
मोबाइल वेब एप्प जस्तै राम्रो बनाइएको छ। यसले मोवाइल एप्पको अभावलाई पुरा गर्नेछ। मोवाइल एप्प आउनुअघी यसले सगुन प्रयोगकर्ताहरुलाई बानी पार्नेछ।
पहिलाको भन्दा यसमा सेक्रेट ट्रयाकिङ गर्ने नयाँ विशेषता थपिएको छ।
सगुनको परिस्कृत भर्सनमा हेल्प सेन्टरको व्यवस्था गरिएको छ। जस्को माध्यमबाट सगुनको बिशेषताको बारेमा जानकारी र समस्याको समाधानको जानकारी पाइनेछ।
सगुन र कम्पनीको पेज पनि सगुनको परिस्कृत भर्सनमा समेटिएको छ।
केहि महिना पहिले, नोवेम्बर २०१५ मा, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सगुन २.० को नेपालबाट शुभारम्भ गरेका थिए । अन्य जानकारीहरु: सगुनको बारेमा तपाइले blog.sagoon.com बाट थप जानकारी लिन सक्नुहुन्छ।
सगुनको बारेमा: सगुन डटकम www.sagoon.com सोसल कमर्श साइट हो। यसको केन्द्रीय कार्यालय वासिङ्टन डिसीमा र नयाँ दिल्ली र काठमाडौँमा देशीय कार्यालय रहेको छ। सगुनका २ लाख ५० हजार भन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरु रहेका छन्। सगुन डटकम सञ्चालन गर्ने सगुन ईन्क, वासिङ्टन डिसीबाट सुरुवात भएको कम्पनी हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण