शिक्षकले राजनीति होइन, विद्यार्थीलाई शिक्षा दिनुपर्छ : सांसद चौधरी
सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले शिक्षकहरुले राजनीतिसँगसँगै विद्यार्थीहरुको पढाईको गुणस्तरलाई पनि ध्यान दिन आग्रह गरेका छन् । गुरुजजुर उमावि रक्षाचौको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि सांसद चौधरीले भने ‘विद्यार्थीको शिक्षाको गुणस्तरबिना गरिएको राजनीति व्यर्थ हुन्छ, शिक्षा बिनाको राजनीतिले विद्यार्थीको भविष्य बनाउँदैन ।’ उनले एउटा शिक्षकलाई आफूलाई नेता भनेर चिनाउँदा जति गर्व हुन्छ, त्यत्तिकै गर्व आफ्नो विद्यालय तथा विद्यार्थीको गुणस्तरमा पनि गर्नसक्नुपर्ने बताए । ‘एउटा शिक्षकलाई आफूलाई नेता भनेर चिनाउँदा आफ्नो विद्यालय अनि विद्यार्थीको शिक्षाको गुणस्तर पनि बिर्सनुहुन्न’ उनले भने ‘एउटा विद्यार्थीको भविष्यको साँचो शिक्षकसँग हुन्छ ।’ उनले एक्काइसौं शताब्दीमा सामुदायिक विद्यालयहरुले पनि विश्वस्तरको शिक्षासँग प्रतिष्पर्धा गर्नुपर्ने भन्दै त्यसका लागि विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्नुपर्ने बताए । त्यसक्रममा उनले उक्त विद्यालयको भौतिक विकासका लागि सांसद विकास कोषबाट एक लाख रुपैयाँ दिने र विद्यालयमा खानेपानीको व्यवस्थाका लागि पनि पहल गर्ने आश्वासन दिए । त्यस्तै उनले विकासका लागि राजनीतिक दलका नेताहरुलाई झक्झक्याउन पनि आग्रह गरे । ‘हामीलाई भोट दिएरमात्रै तपाईँहरुको काम सकिएको छैन, अझैं विकासका कुरा गर्नुस्, नेताहरुलाई गाली गर्नुहोस्, र विकासका लागि झक्झक्याउनुस् ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणव खड्काको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा विशष्ट अथिति जिल्ला शिक्षाअधिकारी रमेश मैनालीले निशुल्क शिक्षाको अवधारणाले सामुदायिक विद्यालयहरुको अवस्था झनै खस्किन थालेको भन्दै केही मात्रामा विद्यालयले शुल्क निर्धारण गर्नुपर्ने बताए । ‘तर, पहिला विद्यालयहरुलाई ग्रेडिङ गरौं र कुन स्तरको विद्यालयले कति कक्षादेखि कतिसम्म शुल्क लिने हो, त्यसलाई अभिभावकहरुबाट स्विकृत गराऔं’ उनले भने ‘यत्ति भयो भने मात्रै विद्यालयप्रति अभिभावकहरुको अपनत्व हुन्छ र सामुदायिक विद्यालयहरुलाई हामीले बचाउन सक्छौँ ।’ व्यवस्थापन समितिका सदस्य रुद्रबहादुर वलीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य देवीका नेपाली, नेकपा एमालेका तुलसीपुर नगर इन्चार्ज कृष्ण भुषाल, एमाओवादीका कृष्ण बैरागी, राष्ट्रिय जनमोर्चाका उत्तम भन्डारी, ओमनारायण रिजाल, शिबराज सिंह ठकुरी, सुशीला सुवेदी, नारायण भन्डारी, लक्ष्मण केसी, बासुदेव रिजाल, समाजसेवी धु्रव गौतम, छात्रवृत्ति कोष स्थापकहरुको तर्फबाट लक्ष्मी केसी, मेरी गोल्ड बोडिङ स्कुलका प्रिन्सिपल बासुदेव रिजाल, महेन्द्र माविका प्राचार्य जितबहादुर थापा, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पे्रम नारायण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले विद्यालयको प्रगतिविवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षकहरु लेवेन्द्र धिताल र ध्रुबराज न्यौपानेले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतलगायतका कलाहरु प्रस्तुत गरेका थिए भने विद्यालयले सञ्चालन गरेका विभिन्न प्रतियोगिताहरुका विजेताहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । त्यस्तै विद्यालयमा योगदान गर्ने शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण