कांगेस १३औं महाधिवेशन : यस्तो छ सिटौला र पूर्णबहादुरको ‘इनसाइड गेम’
काठमाडौं – व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो र मुलुकको सबैभन्दा पुरानो पार्टी कांग्रेसमा संविधानसभाबाट संविधान जारी हुने अन्तिम अवस्थामा दुई व्यक्ति चर्चामा देखिए । संविधानसभाभित्रका दल विपरीत ध्रुवमा फर्किएको बेलामा सबैलाई मान्ने हुनेगरी निर्माण गर्न नसके पनि अधिकांशको चित्त बुझाएर संविधानको मस्यौदा निर्माण गर्ने महामन्त्री कृष्णप्रसाद सिटौला र आफ्नै पार्टीका सभापतिले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने तयारी गर्दाको दिन बिहान पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने पूर्णबहादुर खड्का । फरक–फरक कारणबाट चर्चामा देखिएका ती व्यक्ति अहिले पार्टीको आसन्न १३औं महाधिवेशनमा त्यही चर्चालाई भजाएर पदमा पुग्न धम्मरधुस भएर लागिरहेका छन् । कृष्णप्रसाद सिटौला स्पष्ट रूपमा दुई गुट रहेको कांग्रेसमा संस्थापन पक्षको अस्तित्व बचाउन र कोइराला परिवारको साख जोगाउन भन्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गर्ने भन्दै सिटौलाले चर्चा पाएका छन् । सिटौलाले सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रिया हुँदै मूलधारको राजनीतिमा ल्याएको, संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलाई बुझेर त्यसअनुरूप चल्ने भएकाले आफूले कांग्रेसको नेतृत्व पाउनुपर्ने दाबी गर्दै हिँडेका छन् । उनको उम्मेदवारी केवल संस्थापनबाट सभापतिका उम्मेदवार बन्न लागेका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्ने नीतिमात्रै रहेको अधिकांश कांग्रेसका महाधिवेशन प्रतिनिधिले बुझेका छन् । तर, उनले आफ्नो बखान आफैं गर्दा गरेको गल्ती भने लुकाउँदै हिँडेका छन् । सिटौला नेपालको इतिहासमा मुलुकको सुरक्षा व्यवस्था सम्हाल्ने बहालवाला गृहमन्त्री हुँदा भएको निर्वाचनमा सांसदमा पराजित भएका थिए । शान्तिप्रक्रियाका नाममा राज्यको ढुकुटी स्वाहा पारेको आरोप उनीमाथि लाग्यो । आफन्तलाई मालामाल बनाएको कांग्रेसभित्रैबाट आरोप लागेको थियो । क्षमतावान् र सिनियर पार्टीका लागि आफ्नो जीवन सुम्पेका नेतालाई पाखा लगाउँदै अदृश्य शक्तिको बलमा मनोनीत महामन्त्री बनेको पनि आरोप लाग्यो । १२औं महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय सदस्यमध्ये १५औं नम्बरमा केन्द्रीय सदस्य जितेका सिटौलाले सभापति स्वर्गीय सुशील कोइरालाको इच्छा नहुँदानहँुदै अदृश्य शक्तिको बलमा महामन्त्री मनोनयनका लागि केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न दबाब दिएको बताइन्छ । प्रस्ताव पेस भए पनि विवादका कारण पाँच महिना केन्द्रीय समितिमै थन्कियो । पुनः त्यही बल प्रयोग गरी महामन्त्री बने । कांग्रेसका नेताभन्दा बढी अन्य कुनै मुलुकका स्थायी एजेन्टका रूपमा परिचित सिटौला सुडान घोटाला काण्डमा उनको नाम जोडिएको थियो । तर, उनी शक्तिको बलमा आफू उम्किएर सुरक्षा अधिकारीलाई फसाएको आरोप लागेको थियो । पूर्णबहादुर खड्का कांग्रेसमा विशेषतः कृष्णप्रसाद भट्टराईको साख बोकेको नेता भनेर आफूलाई चिनाउने पूर्णबहादुर खड्काको व्यवहार भने ठ्याक्कै उल्टो छ । तीनपटक प्रधानमन्त्री भएर सरकारीनिवास बालुवाटारबाट सुराही र छातामात्रै लिएर बाहिरिँदा किसुनजीका अनुयायी उनी भने द्रव्यमा हात लम्काउन माहिर मानिन्छन्् । पहिले भट्टराईका पालामा नेता खुमबहादुर खड्काका प्रिय पात्र पूर्णबहादुरले सञ्चार र गृहमन्त्री हुँदा मगन्य द्रव्य हात पारेका थिए । उनी त्यही द्रव्य भजाएर अहिलेसम्म कांग्रेसको राजनीतिमा टिकिरहेको आरोप लागेको छ । त्यतिमात्रै होइन, राजनीतिक बेइमानीको पनि पराकाष्टा नाघ्न सिपालु छन् भन्ने उनीमाथि आरोप लाग्दै आएको छ । ‘राजनीतिमा नैतिकता हुनुपर्छ । जनताको विश्वास जितेर अघि बढ्न सक्नुपर्छ । तर, उनले आफूलाई पद दिने व्यक्तिलाई नै दिएको त्यो पद नसकिँदै लात हान्न भ्याएका थिए । ’ कांग्रेसमा उनका आलोचकहरु भन्छन्, ‘कांग्रेस १२औं महाधिवेशनमा खुलातर्फ २५ केन्द्रीय सदस्यमध्ये २०औं नम्बरमा केन्द्रीय सदस्य जितेका खड्कालाई नेता खुमबहादुर खड्काको जोडबलमा वरिष्ठ नेता शेरबहादुर देउवाको सिफारिसमा सभापति सुशील कोइरालाले सहमहामन्त्रीमा मनोनीत गरेका थिए ।’ तर, असोज ३ गते संविधान जारी भयो । त्यसबेला प्रधानमन्त्री थिए– तिनै सुशील कोइराला । नयाँ संविधान जारी भएपछि त्यसैअनुरूप नयाँ प्रधानमन्त्री चुन्ने दलहरूबीच सहमति थियो । व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले पनि प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय केन्द्रीय समितिको म्यान्डेटअनुरूप शीर्षनेताले गरे । प्रधानमन्त्रीमा पुनः सुशीलले नै उम्मेदवारी दोहोर्याउने निर्णय थियो । केही केन्द्रीय सदस्यको असहमति रहे पनि उनीहरूले नेताको निर्णय भनेर स्वीकारे । पूर्णबहादुरले भने सुशीलले उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ गते बिहान पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिए । जब कि उनलाई तिनै कोइरालाले सहमहामन्त्री बनाएका थिए । ‘के यो उनको राजनीतिको नैतिकता हो ? ’ त्यसबेला उठेको प्रश्न हो । खासगरी संविधानका विवादित विषयमा मुख्य चार राजनीतिक दलबीच १६बुँदे सहमति हुँदा भ्रद सहमतिका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान जारी भएपछि प्रधानमन्त्री बनाउने सहमतिविपरीत भएका कारण खड्काले देखाएका थिए । ‘त्यसो हो भने उनलाई आफ्नो पार्टी सभापति प्यारो कि एमाले अध्यक्ष ओली ? कांग्रेसका आमकार्यकर्ताले आसन्न १३औं महाधिवेशनमामा यस्तै प्रश्न सोधिरहेका छन् ।’ उनका आलोचकहरु भन्छन् । कार्यकर्ताको यो प्रश्नपछि उनमा पुनः केन्द्रीय सदस्यमा पनि पराजित हुने डर कायम छ ।
यो पनि पढनुहोस्
सुशीलको निधनपछि रामचन्द्रका सामुन्ने आए यस्ता ७ अप्ठ्यारा
सुशीलको निधनपछि देउवाका ८ सजिला
१३ औं महाधिबेशन कांग्रेसले यसरी खर्चिदैछ ४ करोड (खानपिनको मेन्युसहित)
गगन थापाको घोषणापत्र : अब पनि निर्णायक ठाउँमा पुगिएन भने थाकिन्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण