सिद्धार्थ ग्यास उद्योगमा छापा, जोखिमपूर्ण सिलिन्डर बजार पठाउन लागेको भेटियो
धादिङ– धादिङको नौबिसेमा रहेको सिदार्थ ग्यास उद्योगमा बुधबार आपुर्तिमन्त्री गणेशमान पुन नेतृत्वको टोलीले छापा मारेको छ । अनुगमनका क्रममा उद्योगले जोखिमयुक्त सिलिन्डरलाई रंगरोगन गरेर बजारमा पठाउने गरेको पाइएको छ ।
आपूर्तिमन्त्री नेतृत्वको उपभोक्ता हित संरक्षण मन्च, गुणस्तर तथा नापतौल विभाग, पत्रकारसहितको टोलीले गरेको अनुगमनका क्रममा उद्योगले जोखिमयुक्त सिलिन्डर विक्रि वितरण गर्ने गरेको पाइएको मन्त्री पुनले बताए । उनका अनुसार अनुगमनका क्रममा उद्योगमा भरिएर राखिएका ८०६ ओटा जोखिमयुक्त सिलिन्डरहरुलाई रंग रोगन गरेर बजारमा पठाउन तयारी अवस्थामा राखिएको पाइएको हो । त्यस्ता सिलिन्डर बजारमा पठाएर उपभोक्तामाथि खेलबाड गरेको ठहरसहित टोलीले सबै ८०६ सिसिन्डर जोखिमयुक्त सिलिन्डरमा सिल लगाएको छ ।
उद्योगका कर्मचारीहरुका अनुसार सो ग्यासका सिलिन्डर निकै पुराना थिए । जसलाई बजारमा पठाउन नहुने भन्दै आफूहरुले व्यवस्थापनसम्म भन्दै आएको भएपनि कम्पनीका मालिकले जबरजस्ती पठाउन निर्देशन दिँदै आएका थिए भने सोअहि अनुसार रंगरोगन गरेर बजारमा पठाउन तयारी अवस्थामा राखिएको हो ।
यसो त अनुगमनका क्रममा ग्यास सिलिन्डरमा लेदो समेत भेटिएको थियो भने कम्पनीले सिलिण्डरको आवश्यक मापदण्ड नै पूरा नगरेको पाइएको छ । उद्योगको रिफ्युलिङ सेन्टरमा चुहावट हेर्ने हाइड्रोलिक मेसिन नै नराखेको, सिलिण्डर सफा गर्ने तथा जाँच गर्ने मेसिन पनि प्रयोग नगरेको पाइएको हो । प्रत्येक १० वर्षमा ग्यासको सिलिण्डर परिक्षण तथा लेबलिङ गर्नुपर्नेमा त्यस्तो जाँच गर्ने मेसिन नै नराखेको पाइएको मन्त्री पुनले बताए ।
मन्त्री पुनले समग्रमा गम्भिर लापरवाही र सुरक्षा व्यस्था फितलो देखिएकाले तुरुन्त सुधार तथा कारवाही गर्न संबन्धित निकायलाई निर्देशन दिएका छन् । यसबारे गुणस्तर तथा नापतौल विभाग तथा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले आवश्यक कारवाही गर्ने समेत बताएको छ । उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले सुगम ग्यासले गरेको कमजोरी हेर्दा उपभोक्ता हित संरक्षण ऐन २०५४ अनुसार २ वर्ष कैद र १ जरिवाना हुन सक्ने देखिएको बताए ।
अनुगन टोली सामु उद्योगका इन्चार्ज राम चापागाईले नीतिको बारेमा आफूहरुलाई केहि थाहा नभएको भन्दै कम्पनीका मालिकले भनेअनुसार आफूहरुले कामकारबाही गरेको बताए ।
कम्पनीले गम्भीर लापरबाही गरेको पाइएपछि तीनदिनभित्र स्पष्टिकरणसहित मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण