मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सम्पत्तीका लागि आफ्नै बाबुको गुण्डा लगाएर हत्या

बुधबार, १२ फागुन २०७२, १५ : २३
बुधबार, १२ फागुन २०७२

काठमाडौं– सम्पत्तीको लागि एक महिलाले आफ्नै बाबुको गुण्डाको सहारा लिएर हत्या गरेको खुलासा भएको छ ।काठमाडौंका टोखा ११, धमलटारका ४३ वर्षीय माइला महर्जनको हत्या अभियोगमा आफ्नै छोरी संगिता पाण्डे (महर्जन) समातिएपछि यस्तो खुलासा भएको हो । महर्जनको टोखामै पर्ने सांलाखोला नजिकै बगरमा गत माघ २१ गते हत्या गरिएको अवस्थामा शब भेटिएको थियो ।

उनको हत्यापछि प्रहरीले गम्भीर अनुसन्धानबाट संगीतासहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा संगीताका श्रीमान् सन्तोष पाण्डे, विक्रम तामाङ, धन कुमार तामाङ , हरी तामाङ र सन्तोष थापा मगररहेका छन्  । अर्का एक फरार छन् ।

सन्तोषसँग प्रेम विवाह, दाइजो नपाएपछि विवाद बढ्यो प्रहरीका अनुसार मृतककी छोरी संगीताको करिब २ वर्ष अगाडी नुवाकोट बस्ने पाण्डेसँग परिवारको सहमतीबिनै प्रेम विवाह भएको थियो । विहेपछि माइतीनजिक बस्दै आएकी संगीताले ब्युटी पार्लर सम्बन्धी तालिम गरेको र बाबुले बिवाह नगरी आफुखुशी गएका कारण दाईजो पनि नपाएकोले बारम्बार ब्युटी पार्लर खोल्ने नाममा ३–४ लाख रुपयाँ माग्ने गरेकी थिइन् । पैसा नपाएपछी झण्डै ७ महिनाअघि संगिताले माईती घरमा गई आमाको नाममा रहेको जग्गाको जग्गाधनी पुर्जा चोरेर लगी आफ्नो श्रीमानलाई दिइकी थिइन् । तर अर्काको नामको लालपुर्जाले कहिं कतैबाट ऋण निकाल्न र बेच्न नसक्ने थाहा पाएपछि र माईती पक्षले पनि थाहा पाऐकोले जग्गाधनी पुर्जा करिब १ महिना पछी उनले फेरि फिर्ता गरिदिएकी थिइन् ।

त्यतिगर्दा पनि संगीताले पैसा माग्न छाडिनन् । बारम्बार पैसाको कुरा गरेपछी माईला महर्जनले विवाह भई सकेको छोरीलाई दिन्न छोरा दिनेश महर्जनलाई चाहिन्छ भन्दै हप्काएका थिए । बाबुको हप्काइसँगै माईतीबाट पैसा नपाउने भए पछी माईती घरका बाबुमाईला महर्जन,आमा र दाई दिनेश महर्जनलाई मारी सबै सम्पत्ती आफ्नो बनाउने योजना उनले नाएको प्रहरीअनुसन्धानबाट खुलेको छ ।

सोहि अनुसार २०७२ साल पुष महिनातिर संगिताले सोही स्थानमा बस्ने विक्रम तामाङलाई आफ्नो योजना सुनाई मार्न लगाएकी थिइन् । तर संगीताको निर्देशनमा तामाङको पहिलो प्रयास असफल हुन पुगेको थियो । पहिलो प्रयास असफल भएपछि फेरि माघ २० गते दिउँसो संगिताले विक्रम तामाङलाई फोन गरी साँझमा बाबु माईला महर्जन,आमार दाजु दिनेश महर्जनलाई मार्नु पर्छ भनेको र विक्रमले हुन्छ भन्दै ‘तिम्रो बुबालाई तिमिले नै बोलाएर बन्दै गरेको नयाँ पुल निर लिएर आउनु ’ भनेको थिए । योजना अनुसार संगिता तथा ज्वाई सन्तोषले बाबुलाई घर ठेक्कामा लिनको लागी नक्सा लिएर मानिसहरु भेट्न आएका छन् भनि बोलाई घटनास्थल साङ्ले खोला किनार स्टारटाउन नजिक निर्माणाधिन पुल नजिकै लगेको पुर्याएका थिए ।

उक्त स्थानमा पुग्दा विक्रम तामाङ,सुर्य राना मगर,हाँस भन्ने धन कुमार तामाङ ह्याम्बर,खुकुरी तथा चक्कु समेत लिई घटनास्थलमा आई सकेको प्रहरीले जनाएको छ । सो क्रममा संगिताले आँखामा बालुबा हाली दिएको र विक्रम तामाङ,सुर्य राना मगर,हाँस भन्ने धन कुमार तामाङले ह्याम्बर,खुकुरी तथा चक्कु समेतले टाउको,घाँटी तथा शरिरका विभिन्न स्थानहरुमा प्रहार गरी हत्या गरेका थिए । सोलगत्तै उनीहरु फरार भएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप