हाराहाङ्ग समूहका उपकमाण्डर लिम्बू पक्राउ
बुधबार, १२ फागुन २०७२, १६ : ३६
सुरुङ्गा (झापा) - भूमिगत किराँत मूलवासी राष्ट्रिय फोर्स हाराहाङ्ग समूहका उपकमाण्डरलाई प्रहरीले आज झापाको दमकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सञ्जराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई दमक–१२ सुकुम्वासी बस्तीमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । ताप्लेजुङका स्थायी बासिन्दा रहेका उनी केही समयदेखि झापामा बसोवास गर्दै आएको प्रहरीले जनाएको छ । गत असोज महिनामा ताप्लेजुङको इखाबु भन्ने स्थानमा प्रहरीसँगको दोहोरो भिडन्तमा उनी संलग्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त रहेको र उनलाई आज नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पठाइएको प्रहरीले जनाएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण