मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

५ ओटा विषयमा केन्द्रित रहेर दायित्वले कार्यक्रम गर्दै

बुधबार, १२ फागुन २०७२, २० : २३
बुधबार, १२ फागुन २०७२

काठमाडौं–दायित्वले फाुगन १३ गते ‘Nepal Leadership Conference’ अन्तर्गत ‘Redefining Leadership’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम खासगरी ५ ओटा विषयमा केन्द्रित रहनेछ ।  नेतृत्वको पुर्नपरिभाषा मूख्य विषय रहेको यो कार्यक्रम नागरिक अभियान, उद्यमशिलता, पुनःनिर्माण, प्रशासन र महिला नेतृत्वमा केन्द्रित रहनेछ । अहिले नेपालले नेतृत्व संकट झेलिरहेको अवस्थामा स्थानीय समुदायहरुमा गरिबी, बेरोजगारी तथा प्रशासनि असक्षमताका कारणले गर्दा निराशा तथा परनिर्भरता बढिरहेको छ । भूकम्प पछिको खवधीमा पुनःनिर्माण तथा संविधान घोषणाको क्रममा देखिएका नेतृत्व चुनौतीहरुमा उपरोक्त समस्याहरु अझ टड्कारो रुपमा देखिएका छन् । यसै सन्दर्भमा औपचारिक अख्तियारीको सट्टामा सामूहिक कार्यद्वारा नेतृत्वलाई पुनः परिभाषित गर्न जरुरी छ । दायित्व नेतृत्वको सहयात्रामा सहभागि हुन तपाईंलाई आह्वान गर्दछ । अनुकुलनीय चुनौतीलाई अवसरमा परिवर्तन गर्नका लागि दायित्वले नेपालका विभिन्न क्षेत्रहरुमा निरन्तर कार्य गर्दै आइरहेको छ । सन् २००८ देखि दायित्वले स्थानीय निकाय, निजी क्षेत्र तथा सरकारी निकायसँग जस्तैः उद्यमशीलता, जनसहभागिता, सुशासनका विषयहरुमा नविनता, सहकार्य र सेवाको साझा मूल्य मान्यताका साथ सहकार्य गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप