राष्ट्रपति ओबामाद्वारा नेपाललाई विशेष व्यापार ग्राह्यता दिने विधेयकमा हस्ताक्षर
वाशिंटन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस विशेष व्यापार ग्राह्यता दिन स्वीकृति प्रदान गर्ने कानुनमा हिजो हस्ताक्षर गरेका छन् । नेपालस्थित अमेरिकी दुतावासका अनुसार उक्त कानुनले निश्चित गलैँचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामग्री लगायत ६६ प्रकारसम्मका सामग्रीहरूका हकमा भन्सारछुट सुविधा उपलब्ध गराउनेछ । उक्त विधेयक अनुसार नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृति प्रदान गरिएको छ । गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने गरी उक्त कार्यक्रम तर्जुमा भएको छ । जनरल सिस्टम अफ प्रेफरेन्सेस (जिएसपी) अन्तर्गतका सुविधाका लागि हालसम्म अयोग्य रहेका नेपाली निर्यात सामग्रीरूलाई उक्त कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउनेछ । नेपाल ट्रेड प्रेफरेन्सेस लेजिस्लेसनले व्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको छ, जुन नेपाललाई विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता (टिएफए) को कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण