मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये २० जनाको शव दानामा ल्याइयो

बिहीबार, १३ फागुन २०७२, १३ : ४०
बिहीबार, १३ फागुन २०७२

म्याग्दी – सोलीघोप्टे भिरमा भएको जहाज दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव म्याग्दीको दानामा ल्याइएको छ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको टोलीले शवलाई संकलन गरेर बिहीबार मध्यान्न दानामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलबाट दानामा डाइनेस्टी एयरको हेलिकप्टर मार्फत २० वटा शव पठाइसकिएको घटनास्थलमा रहेका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।

डाईनेस्टीक एयरको दुई वटा हेलीकप्टरले घटनास्थलबाट शवलाई दानामा ओसारेका छन् । थप शवको खोजी जारी रहेको र दानाबाट शवलाई पोखरा अथवा काठमाडौ पठाईने उनले बताए ।

पोखराबाट जोमसोमका लागि उडेको २३ जना सवार कल साइन नाईन एन एएचएच भएको तारा एयरको टिवनअटर बिमान बुधबार दाना गाविस २ सोलिघोप्टे भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।

खराव मौसम र भौगोलिक बिकटताका कारण बुधबार सुरक्षाकर्मी घटनास्थल पुगेपनि शव संकलन गर्ने काम हुन सकेको थिएन् । बिहीबार बिहानैदेखि मौसम सफा भएकाले सहज रुपमा खोजी र संकलनको काम भएको प्रनाउ खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप