मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

साथीहरूकै दवावमा उम्मेदवार बनेको हुँ : प्रकाश पाण्डे, इक्यान अध्यक्षका उम्मेदवार

बिहीबार, १३ फागुन २०७२, १४ : २५
बिहीबार, १३ फागुन २०७२

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श तथा विद्यार्थीलाई विभिन्न किसिमको तयारी कक्षा सञ्चालन गरिरहेका व्यवसायीहरूको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँं नेतृत्वको लागि आगामी शनिबार निर्वाचन हुँंदैछ । निर्वाचनले दुई वर्षका लागि अध्यक्षसहित १८ सदस्यीय नयाँं कार्यसमिति चयन गर्नेछ । नयाँं नेतृत्वका लागि वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष प्रकाश पाण्डेले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका छन् । उनी पुतलीसडकस्थित मेट्स एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् । उनीसँग गरिएको कुराकानी :

तपाईं अध्यक्ष बन्न खोज्नुको कारण के हो ? एक दशक देखि म यो क्षेत्रमा क्रियाशील छु । इक्यानको जिम्मेवार पदमा रहेर काम पनि गरिसकेको छु । मलाइ विगतमा पदअनुसारको जति जिम्मेवारी दिइएको थियो, त्यो जिम्मेवारी पूरा गर्ने क्रममा कसैले औंला ठड्याउनुपरेन । तर मैले सोचेअनुसारको इक्यान अझै बनिसकेको छैन । मेरो भिजनअनुसार, मैले देखेको इक्यान बनाउनका लागि म एक पटक नेतृत्वमा नै पुग्नुपर्ने साथीहरूको सल्लाह आयो, सोही सल्लाहको आधारमा अघि बढेको हुंँ । तपाइँले देख्नुभएको इक्यान कस्तो हो त ? म नेतृत्वमा पुगेपछि इक्यानमा अहिले जे जस्तो संरचना छ त्यसलाई पूर्ण रूपमा परिवर्तन गर्छु भनेको होइन । यसको पूरै संरचना परिवर्तन गर्नु जरुरी पनि छैन । तर यसलाई अझ समृद्ध, चलायमान र स्तरीय बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु । मैले अहिले सम्हालिरहेको प्रथम उपाध्यक्ष (जुन अध्यक्ष पछिको दोस्रो पद हो) को कार्यकालमा पनि थुप्रै कार्यहरू गरिसकेको छु । यसबाट सिकेको अनुभवको आधारमा आउने कार्यकालमा अझ प्रभावकारी ढंगबाट काम गर्न सकिन्छ । जस्तो, इक्यानलाइ अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वासयोग्य संस्थाको रूपमा विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरूसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्न सकिन्छ । व्यवसायीहरूलाई हित हुने गरी विभिन्न तालिम, प्रशिक्षण, सेमिनार आदि सञ्चालन गर्न सकिन्छ । नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाको आकर्षक गन्तव्य बनेको अष्टे«लिया, बेलायत, भारतलगायतका मुलुकमा सम्पर्क कार्यालय स्थापना गरेर इकयानलाई अझ विश्वासयोग्य संस्थाको रूपमा विकसित गराउन सकिन्छ । मेरो कार्यकालको पहिलो प्राथमिकतामा यिनै विषयवस्तुहरू पर्नेछन् । कुनैपनि संस्थामा लागेपछि सबै जना नेतृत्वमा पुग्न खोज्छन्, तर निर्वाचित भएपछि संस्थागत हितलाई भन्दा व्यक्तिगत हितमा मात्र केन्द्रित हुन्छन भन्ने आरोप लाग्ने गरेको छ नि ? कुनै पनि संस्थामा लागेपछि हरेक व्यक्तिले नेतृत्वमा पुग्ने आकांक्षा राख्नु सामान्य हो । कुनै व्यक्तिले राजनीति गरेपछि सांसद वा मन्त्री बन्ने चाहना राख्नुजस्तै हो यो । तर चाहना राख्दैमा सबै जनाले आफूले सोचेजस्तो सफलता हांसिल गर्न सक्दैनन् । तर मेरो हकमा भन्ने हो भने इक्यानमा रहंँदा अहिलेसम्म जे जति जिम्मेवारी दिइएको थियो, त्यसलाई बिनाविवाद सबैको प्रशंसा नै पाएर सफलतापूर्वक निर्वाह गरेको थिएँ भन्ने कुरा यसअघि पनि भनिसकेको छु । इक्यानमा रहँदा मैले जति काम गरेँ, राम्रो नै गरेको छु । यिनै तथ्यहरूको आधारमा मैले नेतृत्व सम्हालिसकेपछि पनि इक्यानको हितमा नै काम गर्छु भन्नेमा आशंका गर्नुपर्दैन । म अझै पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मेरो नेतृत्वमा रहने इक्यान इतिहासकै चलायमान, विश्वासयोग्य, अन्तर्राष्ट्रिय जगतमा समेत अमीट छाप छोड्न सफल हुनेछ । मेरा यी संस्थागत सपना पूरा गर्न मेरो व्यक्तिगत व्यवसायलाई समेत ओझेलमा पारेर भए पनि काम गर्नेछु । तर इक्यानजस्तो विशुद्ध परामर्श व्यवसायीहरूको संस्थामा नेतृत्वका दावा गर्ने क्रममा राजनीति छि¥यो भन्ने साना व्यवसायीहरूको आरोप छ नि ? म एउटा कुरा स्पष्ट पार्न चाहन्छु कि मैले अहिले जसरी अध्यक्षमा दावा गरिरहेको छु, मैले इक्यानको सदस्य भएको नाताले गरेको हुँं । म कुनै राजनीतिक दलको सदस्य भएर वा कुनै गुटको समर्थनमा अध्यक्ष बन्न खोजेको होइन । अझ मैले त सहमतिको आधारमा नयाँं नेतृत्व चयन गरौं, यसको लागि म जस्तोसुकै बलिदानी गर्न पनि तयार छु भनेको थिएँ । तर सहमति हुन सकेन । सहमति नभएपछि स्वभाविकरूपमा संस्थाको अध्यक्षपछिको दोस्रो पदको जिम्मेवारीसमेत सफलतापूर्वक सम्पन्न गरिसकेको नाताले अध्यक्षबाहेक अन्य पदमा उम्मेदवारी दिने कुनै स्थान छैन । अर्को कुरा प्रथम उपाध्यक्ष भइसकेको व्यक्तिले फेरि नेतृत्वमा जाने आकांक्षा राख्छ भने त्यो पद भनेको अध्यक्ष नै हो । तर इक्यानको हित होस् या नहोस् आफूले चुनाव जितौंला वा हारौला भन्ने कुनै पनि प्रवाह नगरी अध्यक्ष, उपाध्यक्ष वा अन्य पदमा उम्मेदवार मात्र बन्न खोज्ने प्रवृत्ति भएका व्यक्तिका कारण यस्तो आरोप आएको हुनसक्छ । यस्ता आरोपको पछाडि नलाग्न म इक्यानका सबै सदस्य साथीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु । राजनीति नै गर्ने हो भने इक्यानबाहेक अन्य थुप्रै ठाउँं छन् । म इक्यानमा रहँंदासम्म इक्यानमा राजनीतिक दलको गन्ध पनि छिर्न दिनेछैन । मेरो एक मात्र उद्देश्य इक्यान र यसका सदस्य साथीहरूको व्यवसायलाइ सवल, टिकाउ र स्तरीय बनाउने हो । तयारी कस्तो छ त ? तयारी राम्रो छ । इक्यानमा अध्यक्ष बन्नका लागि व्यक्तिगत भन्दा पनि सदस्य साथीहरूको चाहनाले महत्वपूर्ण भूमिका खेलेको छ । इक्यानमा विगतमा मेरो उपस्थिति र यसको श्रीवृद्धिका लागि खेलेको भूमिकामाथि सम्मान दर्शाउँंदै साथीहरूले नै नेतृत्वमा जानुपर्छ भन्ने दवाव दिएपछि मैले स्वीकारेको हुँं । इक्यानीयनहरूले मैले नेतृत्व गरेको समूहलाई बहुमतले विजयी गराउनेमा ढुक्क छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप