जेलबाट रिहा भएर घर पुगे सञ्जय, जेलमा कमाए ३८ हजार रुपैयाँ
मुम्बई – बलिउड अभिनेता सञ्जय दत्त पुणेको यरवदा जेलबाट बिहिबार बिहान रिहा भएका छन् । अवैद्य हतियार राखेको मुद्दामा ५ सालको सजाय काटेर उनी रिहा हुँदा पुणेमा पत्नी मान्यता र चलचित्र निर्माता तथा निर्देशक राजकुमार हिरानी पुगेका थिए । उनको सुरक्षाका लागि सलमान खानले बडिगार्डसमेत पठाएका थिए । रिहा भएपछि बिहान ११ः३० बजे मुम्बाई आइपुगेका छन् । एयरपोर्टमा उत्रने बित्तिकै सञ्जय सिधै सिद्धिविनायक मन्दिर पुगेका थिए । त्यसपछि मरिन लाइन्स स्टेसनमा रहेको आमा नरगिसको समाधिमा पुगेर श्रद्धान्जली दिएका थिए । अनि मात्र उनी इम्पेरियल हाइटस्मा रहेको आफ्नो निवास पुगे । त्यहाँ उनलाई बाजागाजासहित स्वागत गरिएको थियो । सञ्जय दत्त रिहा भएपछि बलिउड सेलिब्रेटीहरुले उनको स्वागत गर्दै समाजिक सञ्जालमा शुभकामना दिएका छन् । ‘पूरानै दिनचर्यामा स्वागत छ । अब यादगार चलचित्रहरु बनाऊ,’ ऋषि कपुरले लेखेका छन् । त्यस्तै साजित खान, जुही चावला, महेश भट्टलगायतले पनि ‘वेलकम ब्याक सञ्जय’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । सन् १९९३ को मुम्बई ब्लास्टपछि एके ४७ हतियार राखेको आरोपमा सञ्जय पक्राउ परेका थिए । उनलाई टाडा कोर्टले पनि दोषी करार गर्दै ५ वर्षको सजाय सुनाएको थियो । उनी सन् २०१३ को मे २१ मा जेल चलान भएका थिए । उनले पहिले नै १८ महिना जेल सजाय काटेका हुँदा ४२ महिना मात्र जेल बस्नु परेको थियो । जेलमा सञ्जयले कागजले बनेको झोला बनाएर ३८ हजार रुपैयाँ कमाएका थिए । तर, त्यसमा उनले ४ सय ४० रुपैयाँमात्र बचाए । ४२ महिनामा उनले २ सय ५६ दिन पेरोलमा जेलबाहिरै बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण