अफगानिस्तानका मुर्टाजाले पाए मेसीको फुटबल जर्सी
काबुल – प्लास्टिकको जर्सी लगाएर सामाजिक सञ्जालमा चर्चित बनेका अफगानिस्तानका ५ वर्षे बालक मूटार्जा अहमदीले अन्नतः लियोनल मेसीको वास्तविक जर्सी पाएका छन् । यसअघि उनले लियोनल मेसीको १० नम्बर अंकित अर्जेन्टिनाको जर्सीजस्तै देखिने नक्कली प्लास्टिकको जर्सी लगाउने गरेका थिए ।
अहमदीको मेसीप्रतिको लगावनका विषयमा लेख्दै उनको अन्तरवार्तासहितको भिडियो फूटेज यू–ट्यूवमा भाइरल भएपछि अहमदीलाई मेसीसहित बाँकी विश्वले खोजेको थियो । सुरुआतमा अहमदी इराकको रहेको बताइएको थियो । तर, उनी अफगानिस्तानको रहेको पत्ता लागेपछि अफगानिस्तान फुटबल संघमार्फत उनलाई मेसीको १० नम्बर अंकित वास्तविक जर्सी हस्तान्तरण गरिएको हो । वास्तविक जसी भएपछि मुर्टाजाले भनेका छन्–‘म मेसीलाई कति माया गर्छु भन्ने मलाई मात्रै थाहा छ । उनले मलाई कति माया गर्छन भन्न् कुरा भने यो जर्सी हो ।’– मेसीले अन्य जर्सीहरु पनि मुर्टाजाको परिवारलाई पठाएका छन् । उनले यसअघि नै मूर्टाजासँग भेट्ने इच्छा व्यक्त गरेका थिए । तर त्यसका लागि अफगानिस्तान फुटबल संघले मेसीको व्यस्त तालिकामा समय मिलाएर मूर्टाजालाई बार्सीलोना नै लैजाने सोचेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण