मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुकुममा अन्तर्राष्ट्रिय चेस प्रतियोगीता

बिहीबार, १३ फागुन २०७२, १२ : २८
बिहीबार, १३ फागुन २०७२

काठमाण्डौ – रुकुममा अन्तर्राष्ट्रिय स्तरको चेस प्रतियोगीता हुने भएको छ । समृद्ध समाज नेपालको आयोजना र जिल्ला बुद्धिचाल संघ रुकुमको सहकार्यमा नयाँ वर्षको अवसर पारेर प्रथम रुकुम अन्तरास्ट्रिय रेटिङ चेस ‘समृद्ध रेटिङ चेस रुकुम २०७३’ हुने भएको हो । रुकुमको आन्तरिक तथा बाह्य पर्यटन बिकास तथा समग्र रुकुमको प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पु¥याउने उद्धेस्यले प्रतियोगीताको आयोजना गर्न लागिएको समृद्ध समाज नेपालका कार्यबाहक अध्यक्ष राजु लामिछानेले बताए । ‘प्रत्यक्ष रुपमा देश बिदेशका खेलाडीहरुको आगमनले रुकुम जिल्लामा रहेका होटेल ब्यबसायी यातायात ब्यबसायी लगायत समग्र ब्यापार क्षेत्रले समेत उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा हामीले गरेका छौ ।’ उनले भने । उनले यस्तो प्रतियोगिता निरन्तर संचालन गर्दै जाँदा रुकुम जिल्लाले दक्ष खेलाडी उत्पादन गर्न सकिने पनि बताए । आफ्नो जिल्लाको गौरव भएकोले प्रतियोगीता सफल पार्नका लागि आर्थिक , नैतिक , भौतिक एबम हर किसिमको सहयोग गर्न रुकुमबासी जनतासमक्ष अपिल पनि गरे । फाइल फोटो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप