कास्की क्षेत्र नं ४ का क्षेत्रीय सभापतिमा शर्मा
बिहीबार, १३ फागुन २०७२, १९ : ३३
पोखरा - नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा पोषनाथ शर्मा निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा खिमलाल बास्तोला, कोषाध्यक्षमा जीवनाथ पौडेल र कोषाध्यक्षमा कृष्णप्रसाद त्रिपाठी निर्वाचित भएको क्षेत्रीय निर्वाचन अधिकृत यमनाथ सापकोटाले बताए ।
यसैगरी नौ सदस्यीय कार्यसमितिका सदस्यमा देवेन्द्रविक्रम शाही, प्रकाशचन्द्र सापकोटा, कमलबहादुर गुरुङ, कमलाविन्दु बराल, प्रकाश बराल, राजाराम पौडेल, सोनु गुरुङ, गोपालप्रसाद पराजुली र तीर्थबहादुर थापा निर्वाचित भएका छन्।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गत माघ २२ गते निर्वाचन भएकामा क्षेत्र नं ४ को निर्वाचनको मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण