अर्को झडपको संकेत : एमालेको कार्यक्रमलाई लक्षित गरी मधेशी मोर्चाद्वारा रुपन्देही बन्दको आव्हान
बिहीबार, १३ फागुन २०७२, २० : ०३
भैरहवा - नेकपा एमालेले जनताको संविधान जनताको माझ भन्दै संविधानबारे जानकारी गराउन आयोजना गरेको आमसभालाई लक्षित गरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबारको लागी रुपन्देही बन्दको आव्हान गरेको छ । बन्दको पूर्व सन्ध्यामा रुपन्देहीको धकधईमा मोर्चाले मशाल जुलुश समेत निकालेको छ ।
संयुक्त लोकतान्त्रिक मोर्चामा आवद्ध संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावनाका जिल्ला अध्यक्ष ओम प्रकाश यादव (गुल्जारी), तराई मधेश सदभावना पार्टीका श्रीनिवास यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष हरिश्चन्द्र सिंह, मधेशी जनाधिकार फोरम गणतान्त्रिकका शैलेन्द्र पाण्डे र राष्ट्रिय मधेश समाजवादी पार्टीका देवमणि पाण्डेद्धारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा एमालेले संविधान बुझाउने भनेको कार्यक्रम नाटक मात्र भएको उल्लेख छ ।
बिज्ञप्तीमा एमालेले गर्ने सो कार्यक्रममा सहभागी नहुन अपिल गर्दै शुक्रबार रुपन्देही बन्दको आव्हान गरिएको छ । बन्दको पूर्व सन्ध्यामा मोर्चाले रुपन्देहीको धकधईमा मशाल जुलुश समेत निकालेको छ । मोर्चाका क्षेत्रिय संयोजक तथा युवा फोरमका केन्द्रिय सदस्य बिद्या यादवको नेतृत्वमा निकालिएको जुलुशमा नेताहरु सरोज कुमार पाण्डे, मनोज यादव लगायतको सहभागीता थियो ।
यसअघि मोरङमा एमाले सम्बध युवा संघले गरेको कार्यक्रममा मोर्चाले विथोल्न खोज्दा झडप भएको थियो । जसमा मोर्चाका कार्यकर्ताको ज्यान समेत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण