मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अब आर्थिक क्रान्ति : नेता नेपाल

बिहीबार, १३ फागुन २०७२, १५ : ०८
बिहीबार, १३ फागुन २०७२

भीमदत्तनगर - पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले देशको विकासका लागि आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

आज कञ्चनपुरको भीमदत्तनगर नेपाल बुद्धिजीवी परिषद्को नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले विगतका दिनमा राजनीतिक क्रान्तिमा लागिए पनि अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

“देशको विकासको अवधारणा अघि सार्नुपर्ने बेला आएको छ” नेता नेपालले भने– “मुलुकमा भएका सम्भावनालाई पहिचान गरेर तिनको सदुपयोग गर्नुपर्छ ।”

राजनीतिक प्रसङ्गमा उनले कतिपय तत्वले मधेस विरोध संविधान बन्यो भनेर दूष्प्रचार गरेको धारणासमेत राखे। “मधेसी समुदायलाई भड्काउन संविधानको गलत प्रचार पनि भयो” उनले भने– “संविधानमा कुनै विभेद छैन ।”

राजनीति दुई धुव्रमाः महासचिव पोखरेल

त्यसैगरी सोही समारोहमा बोल्दै नेकपा एमाले का महासचिव ईश्वर पोखरेलले नेपालको राजनीति वर्तमान परिवेशमा दुई धुव्रमा विभाजित भएको बताए ।

“मुलुकको राजनीतिक परिस्थिति दुई कित्तामा देखिएको छ” महासचिव पोखरेलले भन्नुभयो– “एउटा संविधानको पक्ष र अर्को संविधानको विपक्षमा ।”

उनले वर्तमान राजनीतिक अवस्था एउटा राष्ट्रिय स्वाभिमान उठाउने र अर्को राष्ट्रिय स्वाभिमान गिराउने पक्षमा स्पष्ट देखिएको दाबी गर्नुभयो । दुई कित्ता बनाएर मुलुकलाई द्वन्द्वमा फसाउन खोजिएको उनको भनाइ थियो । “अब एमालेको राजनीति मुलुकको स्मृद्धिमा केन्द्रित हुन्छ” उनले भने ।

वर्तमान एमाले नेतृत्वको सरकारले छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध सन्तुलित राख्न खोजेको महासचिव पोखरेलको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप