प्रहरी–नागरिक अभियान प्रभावकारी बन्दै
शनिबार, १५ फागुन २०७२, १७ : ५३
चितवन– सडकमा बालबालिकामुक्त गर्न सञ्चालन गरिएको प्रहरी–नागरिक अभियान प्रभावकारी हुँदै गएको छ । प्रहरीले नागरिकसँग मिलेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
अभियान सञ्चालनमा आएसँगै अहिले दुव्र्यसनमा फसेका ४० सडक बालकालिकाको उद्धार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
केही महिनादेखि जिल्लामा उक्त कार्यक्रम सञ्चालन भएपछि सडकमा आउने बालबालिकाको सङ्ख्यामा कमी आएको र चोरीका घटनासमेत घटेको पाइएको छ ।
चितवनका प्रजिअ विनोदप्रकाश सिंहले अभियान अत्यन्त प्रभावकारी भएको बताउनुभयो । एक बालिकासहित उनीहरुलाई बानी सुधारका लागि पुनःस्थापना गृहमा राखिएको छ । अहिले उनीहरुको आनीबानीमा सकारात्मक परिवर्तन आएको कुँवरले जानकारी दिए ।
उक्त अभियानकी संयोजक मीना खरेलले उद्धार गरिएकालाई प्राथमिक चरणमा सुधार गर्ने र दोस्रो चरणमा सीप सिकाएर आत्मनिर्भर बनाउने योजना रहेको बताए ।
प्रहरी उपरीक्षक कुँवरका अनुसार जिल्लामा करिब १५० सडक बालबालिका छन् । उनीहरुमध्ये ७५ प्रतिशत दुव्र्यसनमा लागेका छन् भने ४० प्रतिशत भन्दाबढी बालबालिका चोरीमा संलग्न भएको अध्ययनले देखाएको छ ।
सडक बालबालिकाको संरक्षणका लागि जिल्लामा कोषसमेत स्थापना गरिएको छ । कोष वृद्धिका लागि जिल्लामा विभिन्न कार्यक्रमसमेत भइरहेको छ भने विभिन्न व्यवसायीले स्वतस्र्फूत सहयोग गरिरहेका छन् ।
यसैबीच, महिलामाथि हुने हिंसाविरुद्ध युवाले चेतनामूलक प्रदर्शन गरेका छन् । ‘हामी युवा, महिला हिंसा एवम् सबै प्रकारका हिंसाविरुद्ध’ भन्ने नारासहित चितवनमा चेतनामूलक प्रदर्शन गरिएको हो ।
चेतनामूलक शान्ति¥याली नारायणगढको पुल्चोकबाट सुरु भई सहिदचोक, लायन्सचोक हुँदै चौबीसकोठीमा पुगेर सभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण