मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

देशभर बजार अनुगमन गर्न १ सय ७२ जना अधिकृत परिचालन

बिहीबार, १३ फागुन २०७२, १८ : ३०
बिहीबार, १३ फागुन २०७२

काठमाडौँ- देशमा भईरहेको कालोबजारी नियन्त्रण र आपूर्ति व्यवस्था सहज बनाउनका लागि सरकारले १ सय ७२ जना अधिकृत परीचालन गरेको छ ।

आपूर्ति मन्त्रालय अन्तर्गत काम गर्नका लागि बुधबारदेखि ति अधिकृतहरुलाई देशभरी परीचालन गरीएको हो । आपूर्तिमन्त्री गणेशमान पुनले नेपालमा अनुगमन संयन्त्र कमजोर भएका कारण आपूर्तिको विषयमा जनताले समस्या भोगेपछि यसरी नयाँ कर्मचरी अनुगमनका लागि परीचालन गरीएको बताए । ‘नेपालमा अनुगमन संयन्त्र कमजोर छ, त्यसैले आपूर्तिलाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नसकेको गुनासो बढेको छ’ उनले भने ‘ त्यसैले ‘उनीहरुले खाद्यान्न, ईन्धन, औषधी लगायतका उपभोग्य सामाग्रीको समग्रह हिसावले अध्ययन गर्ने र अनुगमन गर्नेछन् ।’ मन्त्री पुनले अनुगमनका लागि मात्र नभएर कार्वाहीका लागि नै सघन हिसावले कार्यवाही अगाडी बढाएको बताए । यही वर्ष अधिकृतमा नाम निकालेर निजामति कर्मचरी प्रशिक्षण प्रतिष्ठान जाउलाखेल मा तालिम लिईरहेका अधिकृतहरुलाई परीचालन गरीएको आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्री पुनका अनुसार २ दिन अघिदेखि खटिएका उनीहरुले पहिलो चरणमा अध्ययन गर्नेछन र दोश्रोचरणमा अनुगमन गर्नेछन् । सरकारले उपभोक्ताको हितको लागि नीतिगत सुधार र आपूर्तिलाई विविधीकरण गर्ने लक्ष्य लिएको मन्त्रालयको भनाई छ । अव पनि ईन्धनको अभाव देखाईयो भने र कालोबजारी भयो भने कडा कार्वाहीहुने मन्त्री पुनको भनाई छ । यसका लागि आयल निगमका कार्यकारी निर्देशकलाई निर्देशन समेत दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप