बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नियमविपरित सेवा सुविधा चाहिँदैनः बाबुराम

बुधबार, १२ जेठ २०७३, १७ : २४
बुधबार, १२ जेठ २०७३

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु माग गरेर नभई सरकारले नै उपलब्ध गराएको उनको सचिवालयले जनाएको छ । भट्टराईको सचिवालयले आएक एक विज्ञप्ती जारी गर्दै भनेको छ– मलाई यति नै संख्यामा सुरक्षाकर्मी चाहिन्छ भनेर उहाँले कहिल्यै पनि सरकारसँग माग गर्नुभएको छैन । सरकारले जे जति सुरक्षाकर्मीहरु पठाएको हो त्यही टोली नै उहाँको सुरक्षामा खटिएको छ ।

सचिवालयले गत असोजदेखि भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग नगरेको बताएको छ । सचिवालयले भट्टराईले नियमविपरितको सेवासुविधा नलिने पनि दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप