लागू औषध कोकिनको अन्तराष्ट्रिय कारोबारी पक्राउ
काठमाडौं– लागूऔषध नियन्त्रण व्युरोले २ किलो ६ सय ग्राम कोकिनसहित नाइजेरियन, भेनेजुयलियन, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोले तनहुँका दिलबहादुर तामाङसहित भेनेजुयलाकी यमरिस कामरिन, भारतका तोहिद खान र नाइजेरियाका मोहम्मद लामिनिलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये यमरिस बैशाख २५ गते दुबई हुँदै काठमाडौ आएर ठमेलको गेष्ट हाउसमा बसेकी थिइन् । उनले जेठ १ गते माछा मार्न प्रयोग हुने डोरीको बन्डल भित्र लुकाएर ल्याएको कोकिन नाइजेरियन नागरिक मोहम्मद र रानीबारीका दिलबहादुरलाई दिएकी थिइन्म । व्युरोका डिआईजी जयबहादुर चन्दका अनुसार उनलाई १५ सय अमेरिकी डलर दिने सर्तमा भेनेजुयलाकी क्याथरिनले सो कोकिन बोकाएर नेपाल पठाएकी थिइन् ।
प्रहरीका अनुसार दिल बहादुर गुरुङ लामो समय देखि लागु औषध चरेस बिभिन्न बस्तुहरुमा लुकाउछिपाउ गरी हङकङ, थाईल्याण्ड, भारत आदी देशहरूमा ओसारपसार गर्ने मुख्य ब्यक्ति भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण