अवसरवादीहरुले पार्टी विभाजन गरेः वैद्य
दैलेख– नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरणले अवसरवादीहरुले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव नेपाल दैलेख शाखाले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले संसदवादी दल र निम्नपुँजीवादी अवसरवादीहरुले क्रान्तिकारी धारको आफ्नो पार्टी समाप्त पार्ने उद्देश्यले पार्टी विभाजन गराएको आरोप लगाउँदै माओवादी केन्द्रमा विचारको खिचडी भएकोले जुनसुकै बेला पनि उनीहरुको लडाई हुने निश्चित रहेको तर्क गरे ।
‘साथीहरु दक्षिणपन्थीहरुको मायाममतामा फसे’, अध्यक्ष बैद्यले भने, ‘साथीहरु पछुताउनेछन् । क्रान्तिकारी धार सक्ने योजना पुरा हुन सकेन् ।’ माओवादी केन्द्र बदमासी, आत्मसमपर्णबादीहरुले चलाएकै कारण आफुहरु क्रान्तिकारी धारमा पार्टी अगाडी लगेको उनले बताए । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विरोध सभामा सहभागी हुन आएका बैद्य सहितका नेताहरु आफु विकास विरोधी नभएको तर, स्वदेशी लगानीको पक्षमा रहेको बताए । सरकार बैदेशिक शक्तिको दलली भएकाले देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने बैद्यले बताए । साक्षात्कार कार्यक्रममा नेकपा क्रन्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य हरीभक्त कँडेल, केन्द्रिय सदस्य चक्रपाणी शर्मा, जिल्ला अध्यक्ष दिपक शाही सहभागी रहेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण