बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अरिजितले मागे सलमानसँग माफी

बुधबार, १२ जेठ २०७३, १७ : २८
बुधबार, १२ जेठ २०७३

मुम्बई – चर्चित गायक अरिजीत सिंहले आफ्नो फेसबुक पेजमार्फत सलमान खानसँग माफी मागेका छन् । अरिजीतले सलमान खानलाई उनको नयाँ चलचित्र ‘सुल्तान’ मा आफ्नो आवाज नहटाउन समेत अनुरोध गरे । अहिलेसम्म सलमानले आफ्नो कुनै पनि चलचित्रमा अरिजितको आवाज प्रयोग गरेका छैनन् ।

के लेखका छन् अरिजीतले

अरिजीतले फेसबुकमा लेखेका छन् – ‘डियर सलमान खान । तपाईसँग कुराकानी गर्नका लागि मसँग बाँकी रहेको यो अन्तिम तरिका हो । मैले थुप्रैपटक तपाईलाई फोन र म्यासेज गरेँ । तपाईलाई लाग्ला कि मैले तपाईको बेइज्जती गरेको छु । तर उक्त शोमा जे भयो त्यो गलत समयमा भयो । यदी अझै पनि तपाईलाई मैले बेइज्जत गरेँ भन्ने लाग्छ भने म हृदयदेखी नै माफी चाहन्छु । म र मेरो परिवार लामो समयदेखी तपाईको प्रशंशक रहदैँ आएका छौ ।’ अहिलेसम्म उनको फेसबुक स्ट्याटसलाई लिएर सलमान खानले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

कसरी भएको थियो विवाद ?

– २०१४ को फेब्रुअरीमा भएको गिल्ड अवार्डमा अरिजित सिंहले उत्कृष्ट गायकको पुरस्कार जितेका थिए । यस समारोहमा सलमान खानले कार्यक्रम प्रस्तुत गरेका थिए । स्टेजमा पुग्नेबित्तिकै सलमानले ठट्टा गर्दै अरिजीतलाई भने –‘के तिमी निदाएका थियौँ ?’

– अरिजीतले कडा जवाफ फर्काउँदै भने–‘तपाईहरुको (सलमान र रितेश देशमुख) प्रस्तुतीले मलाई निदाउन बाध्य बनायो ।’ त्यसपछि सलमान चिढिए । उनले भने तिमी जस्तो गीत गाउँछौ त्यसले पनि निन्द्रा लगाउँछ ।

– यसपछि सलमानले अरिजीतलाई ‘तुम ही हो’ बोलको गीत गाउन लगाए । अरिजीतले गीत गाउँदै गर्दा सलमान उनको नक्कल गर्दै थिए । गीत सकिएपछि अरिजीतलाई सलमानले भने – ‘यो रह्यो तपाईको अवार्ड र अब तपाई जानुस् ।’ यस दौरान दुबै कलाकार खुसी थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप