बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अहिले यही सरकारलाई निरन्तरता दिनु पर्छः देव गुरुङ

बुधबार, १२ जेठ २०७३, १७ : ३३
बुधबार, १२ जेठ २०७३

काठमाडौं– नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य देब गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरता तर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन । कांग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन । ’ उनले अहिले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे । गुरुङ्गले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने आशंका ब्यक्त गरे । उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नु पर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनु पर्ने धारणा राखे । गुरुङले भने,‘ आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिकोलागि सबैले पहल गर्नु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप