भारत फर्कदै प्रियंका : ४० दिनमा कमाउने छिन् १ सय करोड
बुधबार, १२ जेठ २०७३, १७ : ४९
मुम्बई – बलिउडपछि हलिउडमा सफलता चाख्दै गरेकी अभिनेत्री प्रियांका चोपडा ‘बेवाच’ चलचित्रको सुटिङ सकिएपछि अब फेरि भारत फर्कदैछिन् । तर उनी आराम खोज्नका लागि नभएर विभिन्न विज्ञापनहरुमा खेल्नका लागि भारत आउन लागेकी हुन् ।
उनले ४० दिन लामो भारत बसाईका क्रममा २४ वटा विज्ञापनमा खेल्नेछिन् । विज्ञापनबाट मात्रै प्रियांकाले १ सय करोड भारु कमाउनेछिन् ।
प्रियांकाले खेल्ने विज्ञापनहरुमा फ्रूट बेवरेज र अन्य थुप्रै ब्रान्ड रहेका छन् । फ्रुट बेवरेज कपम्नी एक्लैले प्रियांकालाई ६ करोड भारतीय रुपैयाँको प्रस्ताव गरेको छ ।
क्वांन्टिकोपछि हलिउडमा छाएकी प्रियांका
प्रियांका चोपडा अघिल्लो वर्ष अमेरिकी टिभी सिरिज क्वान्टिकोबाट निकै चर्चामा आइन् । यसपछि उनलाई हलिउडमा पनि प्रशंशा मिल्यो । उनको पहिलो हलिउड चलचित्र बेवाचमा ड्वेन जोनसोन अर्थात द रक र ज्याक एफ्रानजस्ता हलिउड स्टार मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण