बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीको चर्चित तेल चोरी काण्डका अभियुक्तलाई अदालतले दियो सफाई

बुधबार, १२ जेठ २०७३, १७ : ५३
बुधबार, १२ जेठ २०७३

काठमाडौं –रुपन्देहीको भलवारी तेलचोरी काण्डका आरोपीले सफाई पाएका छन् ।  पडसरी तथा माधवलियामा पेट्रालियम पदार्थ चोरी तथा कालोबजारी गरेको मुद्धा लागेका नेपाल आयल निगम भलवारी डिपोका तत्कालिन क्षेत्रीय प्रमुख नागेन्द्र कुमार कुर्मीसहित १८ जनालाई रुपन्देही जिल्ला अदालतले प्रमाण नपुगको भन्दै सफाई दिएको हो । २०७१ साल बैशाख १६ गते पडसरी र माधवलियामा ट्याँकरबाट तेल चोरी गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले पक्राउ गरी कुर्मीसहित ढुवानी व्यवसायी र चालक तथा सहचालकलाई कालोबजारी मुद्धा दायर गरेको थियो । भारतको बेतालपुर डिपोबाट निगमको पश्चिमाञ्चल डिपोसम्म ल्याउने क्रममा माधवलिया तथा पडसरीमा जमिनभित्र खाल्डो खनेर चोरी गरीरहेको अवस्थामा पक्राउ गरी रुपन्देहीका तत्कालिन एसपी विक्रम सिह थापाले मुद्धा दायर गरेका थिए । जिल्ला न्यायधिश मुरारीबाबु श्रेष्ठले तीन नम्बर ईजलासमा सुनुवाई गर्दै उनीहरु सबैजनालाई प्रमाण नपुगेको भन्दै सफाई दिएको हो । आयल निगमले पनि पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भबलबारीको मातहत रहने गरी सञ्चालनमा रहेका ट्याङ्करले निगममा तेल बुझाउनुअघि संठित रूपमा बाटैमा चोरी, साटफेर जस्ता चुहावटका काम गरिरहेकै अवस्थामा फेला परेको जनाउँदै आठ जना सञ्चालकका १९ वटा ट्याङ्करमाथि छानबिन गरेको थियो । तर, उनीहरुले यसअघि नै भन्सार तथा छली काण्डमा सफाई पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप