सांसद् जसले चुनाव जिते, मृत्युसँग हारे
तामिलनाडु – भारतको तामिलनाडू राज्यका एक संसाद्को सपथग्रहण गर्नुभन्दा एक घण्टाअघि हृदयघातका कारण निधन भएको छ । नवनिर्वाचित सांसद् एसएम सिनिभेलको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो । उनले मे १९ गते थीरुपरनकुन्दरामबाट चुनावमा जीत हासिल गरेका थिए । ६५ वर्षका सिनिभेलको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा छन् । उनले बुधबार सपथ लिने कार्यक्रम थियो ।
तर, तमिलनाडूको १५ औँ संसद्को पहिलो चरणको नतिजा सूरु हुनअघि नै उनको ज्यान गयो । गत बुधबार अर्थात चुनावको नतिजा आउनुभन्दा एक दिनअघि उनलाई हृदयघात भएपछि बिबिकुलमस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसपछि उनको स्वास्थ्यको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएको थियो । शनिबार तमिल टेलिभिजन च्यानलहरुले उनको मृत्युको समाचार सम्प्रेषण गरेपनि अस्पतालले उनको निधन नभएको र स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको थियो ।
सिनिभेलको पार्टी ऐएडएमकेले यस निर्वाचनमा २ सय २४ मध्ये १ सय ३४ सिट जितेको छ । यस पार्टीकी अध्यक्ष जयाललिता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण