बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिग फाइनलअघि रोनाल्डो घाइते

बुधबार, १२ जेठ २०७३, १८ : ०३
बुधबार, १२ जेठ २०७३

म्याड्रिड – रियाल म्याड्रिडका स्टार क्रिष्ट्रियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको फाइनलमा एथलेटिको म्याड्रिड विरुद्ध उपलब्ध हुने बताएका छन् । यसअघि अभ्यासका क्रममा गोलकिपर किको कासिल्लासँग ठोक्किएपछि रोनाल्डोको तिघ्रामा समस्या देखिएको थियो ।

‘त्यो सानो चोट मात्रै हो । केही दिनमै म ठीक हुनेछु,’ यस सिजन अहिलेसम्म ५१ गोल गरेका रोनाल्डोले भनेका छन् । यसै साता मिलानमा हुने फाइनलमा रियाल म्याड्रिडले एथलेटिको म्याड्रिडको सामना गर्दैछ ।

यि दुई टोली पछिल्ला तीन वर्षमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा उत्रन लागेका हुन् ।

सन् २०१४ को फाइनलमा रियाल म्याड्रिडले एथलेटिकोलाई ४–१ ले हराएको थियो ।

पोर्चुगिज फरवार्ड क्रिष्ट्रियानो रोनाल्डोल यसअघि चोटकै कारण अप्रिल महिनामा तीन खेल गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप