प्रहरी नायब निरिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र
बुधबार, १२ जेठ २०७३, १८ : ४१
काठमाडौं – महानगरीय प्रहरी बृत्त बौद्धमा कार्यरत प्रहरी नायब निरिक्षक सुधिर विक्रम शाहको शैक्षिक प्रमाण पत्र नक्कली पाइएको छ ।
प्रहरीमा नियुक्त हुनका लागि भारतको बिहारबाट नक्कली प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो ।
शाहले नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटना,भारतबाट सन् १९९५ मा आईए तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायरसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण