वरिष्ठ सङ्गीतकार गुरुङ सम्मानित
काठमाडौँ - भैरव सांस्कृतिक संरक्षण समितिले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ ‘सर्वज्ञान विष्णुदेवी संस्कृति पुरस्कार– २०७२’ले सम्मानित भएका छन् ।
यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उनलाई रु ७० हजारसहित दोसल्ला ओढाएर सम्मान गरे । ७९ वर्षीय गुरुङ राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी’, सैनिक गान ‘जङ्गी निशान हाम्रो’लगायत अन्य धेरै चर्चित गीतका सङ्गीतकार हुन् । भारतको दार्जिलिङमा विसं १९९४ मा जन्मनुभएका गुरुङले गाएको ‘नौ लाखे तारा उदाए’, गीत चर्चित गीत हो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले सगरमाथा जस्तै उँचो अन्तर्राष्ट्रियस्तरका व्यक्तिलाई सम्मान गर्ने अवसरलाई अविष्मरणीय क्षणका रुपमा लिएको बताए । उनले गुरुङलाई सुन्दर सङ्गीतका महान् स्रष्टाको सङ्ज्ञा दिँदै भने, “उहाँले रातो र चन्द्र सूर्य जस्तो राष्ट्रिय चेतनाको गीतसँगै राष्ट्रिय गानमा समेत सङ्गीत भरेर नयाँ नेपाललाई पनि योगदान दिएका छन् ।”
उपचारपछि स्वास्थ्य सुधारमा रहेका सम्मानित गुरुङले लामो बोल्न नसके पनि भने, “उपराष्ट्रपतिसँगै सबैलाई धन्यवाद १” पुरस्कार छनोट समितिका संयोजकसमेत रहनुभएका कवि तीर्थ श्रेष्ठले बुबाको सङ्गीतकार गुरुङका बुबाको दृष्टान्त दिँदै उनलाई प्रवासी नेपाली भन्ने गरेकामा चित्त दुखाए ।
आयोजक समितिका अध्यक्ष कृष्णदेव प्रधानाङ्गले अहिले रु पाँच लाखको अक्षय कोष रहेको पुरस्कार बढाएर विसं २०७५ सम्ममा सात लाख बनाउने जानकारी दिँदै सो वर्षसम्ममा सम्मानित स्रष्टालाई दिने नगदसमेत रु एक लाख पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
पोखराका शास्त्रीय सङ्गीत साधक सर्वज्ञमान र विष्णुदेवी प्रधानाङ्गका नाममा २०५५ सालमा स्थापना भएको यो पुरस्कार विसं२०६३ देखि राष्ट्रियस्तरको भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण