गैँडाकोट दुर्घटनामा परी मर्नेको सङ्ख्या पाँच पुग्यो
बुधबार, १२ जेठ २०७३, १९ : १७
नवलपरासीमा - पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको गैँडाकोट–११ मा आज बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
घाइतेमध्ये सल्यान सारदा नगरपालिका–२ की दुई वर्षीया ममी गिरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको यस अगावै मृत्यु भइसकेको थियो । जसमध्ये दुई महिलाको सनाखत भएको छ भने दुई पुरुषको सनाखत हुन बाँकी छ । सल्यान हुचा–९की ४५ वर्षीया शीतली कुवँरले र सोही स्थानकी ३५ वर्षीया दिल्ली कुवँरको पनि सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सल्यानबाट काठमाडौँ जाँदै गरेको बा२क ११३७ नं को मिनि ट्रक गैँडाकोट–११ हर्कपुरमा आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण