गठबन्धनका नाममा वार्तामा बोलायो भने आउँछौं : राई
बुधबार, १२ जेठ २०७३, १९ : ३८
भक्तपुर - सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले सरकारले सङ्घीय गठबन्धनका नाममा वार्ताको आह्वान गरे वार्तामा बस्न सकिने बताएका छन् ।
भक्तपुरमा सञ्चारकर्मीसँग आज कुरा गर्दै उनले सरकारले गठबन्धनलाई फुटाउने नियतले मधेसी मोर्चाका नाममा वार्ताका लागि आह्वान गर्नु गलत भएको टिप्पणी गरे ।
सरकारले आह्वान गरेको वार्तालाई नाटकको सङ्ज्ञा दिँदै उनले सरकारले आन्दोलनरत सबै दललाई समेट्ने गरी औपचारिक वार्ताको आह्वान गर्नुपर्ने बताए । सरकारले गठबन्धनको २६ बुँदे माग प्रति बेवास्ता गरेको भन्दै सरकार मागप्रति प्रष्ट हुनुपर्ने उनको भनाइ थियो ।
सङ्घीय समाजवाद फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदायका अघि वार्ताको वातावरण तयार भएको देखाउनमात्र वार्तामा बोलाएको नाटक गरेको आरोप लगाउँदै उनले सङ्घीय गठबन्धनको आन्दोलन असफल पार्न वार्ताका नाममा षड्यन्त्र गरेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण