सरकारी जागिर लगाई दिन्छु भन्दै सवा करोड ठगी गर्ने तीन जना पक्राउ
बुधबार, १२ जेठ २०७३, १९ : ४३
राजविराज - सरकारी जागिर लगाई दिन्छु भन्दै ४० जनासँग सवा करोड ठगी गर्ने तीन जनालाई सप्तरी प्रहरीले बुधवार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार पक्राउ पर्नेमा जिल्लाको मल्हनियाँ–८ बस्ने ५८ वर्षीय नन्दनप्रसाद साह, सोहि ठाउँका २६ वर्षीय दिपेन्द्रप्रसाद साह र देउरी–८ का ४० वर्षीय रामनारायण साह रहेका छन् ।
उनीहरु जिल्लाको हनुमाननगर–१ बस्ने ३२ वर्षीय राजकुमार मेहतालाई ऐजेन्ट बनाई ४० जनासँग आर्थिक वर्ष ०७१÷०७२ को विभिन्न मितीमा १ करोड ६ लाख रुपियाँ ठगी गरेर लिएकोे छ ।
मेहताले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । उनीहरु उपर ठगी मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण