बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा संवेदनशीलता र संस्थागत साखलाई हेक्का गर्नुस् : प्रधानसेनापति

बुधबार, १२ जेठ २०७३, २० : १२
बुधबार, १२ जेठ २०७३

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, सङ्गठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई हेक्का गरेरमात्र विचार प्रस्तुत गर्न सङ्गठनसँग जोडिएका सर्जकलाई सजग गराएका छन् ।

नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउन आज सैनिक मुख्यालयमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्र्दै उनले आत्मवृत्तान्तलगायत पुस्तक, लेख रचना तथा अन्तर्वातामा राष्ट्रिय सुरक्षा, सङ्गठनको गोपनीयता र संस्थागत साखलाई सकारात्मक योगदान पुग्ने ढङ्गबाट मात्र प्रस्तुत गर्न सुझाव दिएका हुन् । ।

केही समयअघि सेनाका पूर्वसेनापति र उच्च अधिकृतका नाममा प्रकाशित पुस्तकमा राष्ट्रिय सुरक्षा र सङ्गठनको गोपनीयताकाबारे समाजका विभिन्न कोणबाट विभिन्न टीकाटिप्पणी हुँदै आएको अवस्थामा प्रधानसेनापति क्षत्रीले उनको ध्यानाकर्षण गराएका हुन् ।

सरकार र नेपाली जनताले सङ्गठनप्रति राखेको विश्वासलाई अवसरका रुपमा लिएर विकास निर्माण र प्रकृति संरक्षणको क्षेत्रमा उदाहरण प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता हो– प्रधानसेनापति क्षत्रीले भने ।

अन्तक्र्रियामा नेपाली सेनाको समग्र वस्तुस्थिति, कल्याणकारी योजना तथा मानवअधिकारसम्बन्धी प्रस्तुतिकरण भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयबाट समेत समसामयीक विषयमा अन्तक्र्रिया भएको उक्त कार्यक्रममा बलाधिकृत रथी बलदेवराज महतले रचनात्मक सुझावले नीति निर्माणमा योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा महान्यायाधिवक्ता हरि फुयाँल, रक्षा सचिव महेशप्रसाद दाहाल, पूर्वप्रधानसेनापति, बहालवाला तथा अवकाशप्राप्त रथी, निर्देशक, पृतनाका प्राड प्रमुख सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप