बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हत्याका अभियुक्त सार्वजनिक

बुधबार, १२ जेठ २०७३, २० : १४
बुधबार, १२ जेठ २०७३

भीमदत्तनगर– जिल्ला प्रहरी कार्यालयले दुई जना होटल मजदुरको हत्या गर्ने मुख्य अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।

गत वैशाख २३ गते राति भीमदत्तनगरस्थित सङ्गम होटलमा कार्यरत बाजुरा कोल्टी–७ का २१ वर्षीय भीम रोकाया र कञ्चनपुर बेदकोट नगरपालिका–१० का ४५ वर्षीय कृष्ण विष्टको होटलभित्रै विभत्स हत्या भएको थियो ।

प्रहरीले हत्यामा संलग्न बेदकोट नगरपालिकामा डेरा गरी बस्दै आएका डडेल्धुराको जोगबुढा घर भएका १८ वर्षीय तारा सिंह बोहरालाई घटना भएको २१ दिनपछि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले अभियुक्त बोहरा र मतृक दुवै जनाले २३ गते राति होटलमा सँगै मदिरा सेवन गरेपछि उक्त घटना भएको बताए ।

सोही होटलमा केही दिन कामसमेत गरेका अभियुक्त बोहरा र मृतक भीमबीच मेमोरी कार्डका विषयमा विवाद भएको र सोही विवादका कारण बोहराले उनीहरुको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीले अभियुक्तको साथबाट हत्यामा प्रयोग गरिएको हँसियासमेत बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप