बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पार्टीमा पारदर्शी पद्धति कायम हुन सकेन : नेता नेपाल

बुधबार, १२ जेठ २०७३, २० : १६
बुधबार, १२ जेठ २०७३

काठमाडौँ– नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीमा पारदर्शी पद्धति कायम हुन नसकेको बताएका छन् ।

मदन भण्डारी अध्ययन केन्द्रले २३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ विषयक अन्तक्र्रियामा उनले लामो समयदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको आफ्नो पार्टीमा निर्धारित समयमा बस्नुपर्ने पोलिटव्यूरो तथा केन्द्रीय समितिको बैठक बस्न नसकेको र अहिले आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले संविधान कार्यान्वयनका लोकतन्त्र स्थापनाका लागि क्रियाशील सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाली समाज रुपान्तरणका लागि पार्टी संवेदनशील रहेको औँल्याए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र बढ्दै गएको गुट तथा उपगुटको अन्त्य गरी पार्टीले जनविश्वास जित्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।

पूर्वमन्त्री लालबाबु पण्डितले मुलुकमा अहिले राष्ट्रियता कमजोर हुँदै गएकाले पार्टीभित्र एकता कायम गरी राष्ट्रिय सङ्कटबाट देशलाई निकास दिनुपर्ने बताए ।

अन्तरक्रियामा डा विजयकुमार पौडेलले ‘परिवर्तित सन्दर्भमा पार्टी निर्माण’, डा गोविन्दबहादुर थापाले ‘आर्थिक रुपान्तरण र समृद्धि’ र घनश्याम भुसालले ‘कम्युनिष्ट आन्दोलनः अबको बाटो’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप