कोरियाबाट सिमिचौरका अमितलाई सहयोग
गुल्मी– अहिलेसम्मकै सबैभन्दा महंगो उपचार खर्च लाग्ने एपलिष्टक एनिमिया रोगले जीवन मरणको दोसाँधमा रहेका गुल्मी सिमिचौर गाउँका ८ वर्षीय बालक अमित बस्तनेतलाई कोरियामा रहेका सिमिचौर र तम्घासवासीको सक्रियतामा संकलित भएको रकम आज हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस रेसुङा नगरपालिका कार्य समितिको पहलमा त्यहाँ रहेका सो पार्टी निकट कार्यकर्ताहरुले सुरु गरेको सहयोग संकलन अभियानबाट पठाइएको १ लाख ६ हजार ५ सय रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस रेसुङा नगरपालिका कार्य समितिका सभापति छवि पाण्डेले उक्त रकम अमितका हजुरबुबा थम्मनबहादुर बस्नेतलाई सिमिचौरस्थित घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्वर १२–स्थित नेपाली कांग्रेसका वडा सभापति निरबहादुर थापा, क्षेत्रीय प्रतिनिधीहरु जयप्रसाद अर्याल, डिल्लीराज पाण्डे, कृष्ण पाण्डे, मुमबहादुर बस्नेत, धर्मराज बस्नेत, कल्पना बस्नेत, सुमित्रा बराल यसै समाचारदातालगायतको उपस्थिति थियो ।
सहयोग रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका कार्य समितिका सभापति छवि पाण्डेले उक्त रोगले पिडित बालकको उपचारर्थ आफ्नो पार्टीले कोरियामा रहेका सिमिचौरका कार्यकर्ता झविन्द्र बस्नेतको संयोजकत्वमा कृष्ण बस्नेत, किसन बरालको सक्रियतामा रकम संकल गर्न आग्रह गरेको र सोही अनुरुप उनीहरुले संकलन गरी पठाएको बताएका थिए ।
उनले यसअघि पनि पार्टी कार्यालयबाट ३५ हजार सहयोग भईसकेको र पार्टीकै पहलमा अमेरिकामा रहेका कांग्रेसजनहरु गोम सेन, हरिनारायण सापकोटा, रेशम रायमाझीले त्यहाँबाट सहयोग संकलन गरी ५९ हजार ७ सय ३ रुपैयाँ पठाएको र आफूले उक्त रकम पिडित परिवारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण