सरकारी कार्यालयका लागि जनताले दिए जग्गा दान
बुधबार, १२ जेठ २०७३, २० : ४१
गुल्मी– जिल्ला वन कार्यालय गुल्मीद्वारा सञ्चालित मदाने संरक्षित वन कार्यक्रमको कार्यालय भवन निर्माणका लागि यहाँका जनताले जग्गा दान गरेका छन् ।
बाँझकटेरी–३ स्थित मजुवा भन्ने स्थानमा रहेको १२ लाख मुल्य बराबरको एक रोपनी जग्गा बाँझकटेरी–२ का ज्ञानकुमार भुसाल र सिर्सेनी– ७ का नोखलाल अर्यालले दिएका हुन् ।
आज जिल्ला वन कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा भुसाल र अर्र्यालले जिल्ला वन अधिकृत विशाल घिमिरेलाई सो कार्यालयको नाममा मालपोत कार्यालयमा पास गराईएको लालपुर्जा हस्तान्तरण गरेका थिए ।
आफूहरुको बसोवास क्षेत्रमा मदाने संक्षित वन कार्यक्रम गत ५ वर्षदेखि संचालित भएपछि त्यस वनभित्रका जनावर, चराचुरुङ्गी, जडीबुटी र वनस्पतिलगायतको जैविक विविधताका निकै संरक्षण हुँदै आएकोले त्यसबाट प्रभावित भई संरक्षण गर्न थप सघाउ पुगोस् भन्ने उद्देश्यका साथ आफूहरुले उक्त जग्गा निःशुल्क प्रदान गरेको जग्गादाता भुसाल र अर्यालले बताए ।
उनीहरुले सालझण्डी ढोरपाटन मोटरबाटाको छेउमा रहेको खेतप्रति व्यक्तिले आधा–आधा रोपनी प्रदान गरेका हुन् । २०६८ सालदेखि सञ्चालन भएको सो कार्यक्रमको कार्यालय हालसम्म बाँझकटेरीको भेडेखोरमा भाडामा राखिँदै आएको वन अधिकृत घिमिरेले जानकारी दिए ।
गुल्मीको उत्तर पश्चिमका ११ वटा गाविसभित्र पर्ने मदाने लेक लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो अर्थात २६ सय ९० मिटर उचाईमा रहेको छ । उक्त कार्यक्रमले त्यसको शिरबाट बग्ने छल्दी खोला, निस्तीखोलालगायतका महत्वपूर्ण पानीका मुहान संरक्षण गर्दै त्यसबाट उर्जा उत्पादनको क्षेत्रमा जनस्तरतलाई प्रोत्साहित गर्ने, कृषि, वन, वातवरण र जिविकोपार्जनका लागि विभिन्न कार्यक्रमहरु गदै आईरहेको छ ।
उक्त कार्यक्रमका लागि प्राप्त भएको जग्गामा सम्वन्धित निकायसँग आवश्यक रकमका लागि पहल गरी यथाशीघ्र भवन निर्माण गरिने जिल्ला वन अधिकृत घिमिरेले बताए । मदानेका अलवा जिल्लाको अर्को ऐतिहासिक, धार्मिक र पर्यटकिय सम्भावना बोकेको रेसुङ्गा वन क्षेत्र, थाप्ले र सत्यवती वनको पनि कार्ययोजना तयार भई स्वीकृतिको क्रममा रहेको घिमिरेले जानकारी दिए ।
जिल्लाका यी चारवटा पनि क्षेत्र ऐतिहासिक तपोभूमी, जैविक विविधताको खानी र प्रशस्त पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएकोले स्थानीयवासी र जिल्लास्तरमा समेत त्यसको विकासमा गत केही वर्षयता पहल भईरहेको छ ।
जग्गा हस्तान्तरण कार्यक्रममा सहायक वन अधिकृत कर्णबहादुर पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुुुसाल, पत्रकार घनश्याम गौतम प्रेम सुनारलगायतको आतिथ्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण