बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पाँच सय लिटर अवैध मदिरा बरामद

बिहीबार, १३ जेठ २०७३, ०७ : ०७
बिहीबार, १३ जेठ २०७३

ओखलढुंगा – दोस्रो पटक जिल्ला प्रहरी कार्यलय ओखलढुंगाद्वारा सञ्चालित अवैध मदिरा नियन्त्रण अभियान अन्र्तगत बुधबार दोस्रो पटक पनि अवैध घरेलु मदिरा नियन्त्रण गरेको छ ।  जिल्ला प्रहरी कार्यलयसहित मातहतका सबै प्रहरी ईकाइहरुबाट करिव ५ सय लिटर अवैध घरेलु मदिरा नियन्त्रण गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहको नेतृत्वमा ओखलढुंगा बजारसहित जिल्लाका बिभिन्न स्थानका होटल तथा पसलहरुमा छापा मारी सो परिणामको मदिरा बरामद गरिएको हो ।

अनुगमनका क्रममा बरामद गरिएको मदिरा प्रहरीको नियन्त्रणमा रहेको छ । मादक पदार्थ सेवानका कारण जिल्लामा कतिपय अपराधिक घटनाहरु घट्ने गरेकोे र मादक पदार्थ सेवनको दुर्वेसनी समेत बढ्दै गएकाले अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बेचबिखन कार्य नियन्त्रण गर्न अभियान चलाईएको प्रमुख प्रहरी नायव उपरिक्षक शाहाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप