बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आन्दोलनरत दलहरुसँग वार्ता गर्छौँ : महामन्त्री कोइराला

बिहीबार, १३ जेठ २०७३, ०७ : ०९
बिहीबार, १३ जेठ २०७३

हेटौँडा– नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक र जनताप्रति जिम्मेवार हुँदै काँग्रेसले संविधान कार्यान्वयनका लागि आन्दोलनरत दलहरुसँग छिट्टै वार्ता गर्ने बताएका छन् ।

नेका मकवानपुरद्वारा क्षेत्र नं २ को क्षेत्रीय प्रशिक्षण कार्यक्रमको बुधबार उट्घाटन गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा सरकार उदासिन भएकाले भूकम्पपीडितको दलहरुप्रति वितृष्णा उत्पन्न हुन थालेको उल्लेख गरे ।

महामन्त्री कोइरालाले अब नेकाले प्रजातन्त्रको सुदृढीकरण र संविधानलाई क्रियाशील तुल्याउन सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता बढ्दै गएको बताए । सरकारले लचिलो र व्यवहारिक भएर आन्दोलनरत दलसँग वार्ता गरेर विद्यमान समस्या टुङ्ग्याएर स्थानीय निर्वाचनमा लाग्नुपर्नेमा महामन्त्री डा कोइरालाको जोड थियो ।

सो अवसरमा नेका केन्द्रीय सदस्य धनराज गुरुङ र सभासद् इन्द्रबहादुर वानियाँले काँग्रेसले व्यवस्थापिका–संसद्मा रहेका सबै दलसँग सहकार्य गरेर राजनीतिक विवादको अन्त्य गर्ने र मुलुकमा स्थायी शान्तिका लागि काम गर्ने बताएका थिए । दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा क्षेत्र नं २ का करिब २७५ प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप