बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उपत्यकामा बिहानैदेखि चक्काजाम

बिहीबार, १३ जेठ २०७३, ०७ : २४
बिहीबार, १३ जेठ २०७३

काठमाडौँ, –ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेका छन् ।

यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पु¥याएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन् ।

काठमाडौँ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले जानकारी दिए ।

विसं २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप