ट्राफिकद्वारा करिब २२ लाख राजस्व
मेलम्ची– चालु आर्थिक वर्षमा जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकले २१ लाख ८९ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सवारी चालकपत्रबिना सवारी चलाउने, मापसे गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेबाट उक्त राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकका प्रमुख उपेन्द्र बुढाथोकीले बताए ।
यही चालु आवमा सिन्धुपाल्चोक जिल्लाबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएकामा कारबाहीमा परेका ४७६ वटा बसबाट रु एक लाख ९४ हजार, एक हजार ७६५ ट्रकबाट रु छ लाख ८३ हजार ६००, ७६८ वटा जिपकारबाट रु दुई लाख ७० हजार २००, दुई हजार ७११ वटा मोटरसाइकलबाट रु १० लाख ३३ हजार ४०० र ३० वटा स्कुटरबाट नौ हजार ६०० रुपैयाँ सङ्कलन भएको बुढाथोकीले बताए ।
हालसम्म पाँच हजार ७५० सवारीसाधन कारबाहीमा परेको र उक्त कारबाहीमा परेका सवारीसाधनबाट जम्मा गरी २१ लाख ८९ हजार ८०० रुपैयाँ सङ्कलन भएको हो । हालसम्म सबैभन्दा बढी लापर्वाही मोटरसाइकलले गर्ने हुँदा सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल नै पर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण